Websoft University

 


झापा दमक ,भदौ ९ गते | रातो तारा डट कम,केही समय अघि देखि दमकमा सञ्चालनमा रहेको शुभकामना ज्वलरीको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । सामाजिक अगुवा तथा युवा ब्यवसायी चन्द्र गजमेर र रेनुका थापाको लगानी शुरु भएको ज्वलरीको आज शुभारम्भ गरिएको हो । 


दमक ६ स्थित शंखधर साख्वा चोक नजिक पुरानो सब्जी लाइनमा सुनचाँदी सम्वन्धि कारोवारको थोक तथा खुद्धा पसलको आरम्भ गरिएको छ । दमक उधोग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ र सुनचाँदी ब्यवसायी संघ दमकका अध्यक्ष काशी खातीले संयुक्त रुपमा रिबन काटेर पसलको उद्घाटन गर्नु भयो ।

 शुभारम्भ कार्यक्रममा बोल्दै प्रमुख अतिथि वाणिज्य संघ दमकका अध्यक्ष श्रेष्ठले ग्राहकको मनोभावना अनुसार दिगो रुपमा सेवा दिनु पर्ने बताउनु भयो ।ब्यवसायको मापदण्ड भित्र रहेर ब्यवसायी र ग्राहकको सेवामा निरन्तर लाग्न उहाँले आग्रह गर्नु भयो । 

कार्यक्रमका विशेष अतिथि सुन चाँदी ब्यवसायी संघका अध्यक्ष खातीले अहिले पसलको रुपमा शुरु भएको ज्वलरी भविष्यमा उधोगको रुपमा बिकास हुन सफल हो भन्दै शुभकामना ब्यक्त गर्नुृ भयो ।

 कार्यक्रममा दमक नगर पालिकाको कार्यपालिका सदस्य शेर बहादुर गजमेर, सुनचाँदी ब्यवसायी संघ दमकका सल्लाहकार दुर्योधन ल्वागुन लगायतले शुभकामना ज्वलरीको प्रगतिको कामना गर्नु भयो । सुनचाँदी ब्यवसायी संघ दमकका सचिव समेत रहनु भएका गजमेर र थापाको लगानीमा मौलिक गरगहना र आधुनिक गर गहना खरिद बिक्री  गरिने शुभकामना ज्वलरीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.