Websoft University

अवैध सामान बरामद


बिराटनगर, भाद्र ४ गते । मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितबाट प्रहरीले भन्सार छलि नेपाल ल्याउदै गरेको अवैध सामान बरामद गरेको छ । हिजो राती ८ बजे १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा BR38A3287 नम्वरको ट्रयाक्टरमा भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको करिव १२ लाख मुल्य बरावरको बिभिन्न किसिमका कपडा तथा जुत्ताहरु  बरामद गरेको हो । अबैध सामान बरामद भए सगैं ट्याक्टर र चालक  समेतलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.