Websoft University

कौडीन्य गोत्रिय आचार्य बंश प्रतिष्ठान सुन्दरहरैचाले गर्यो तिज विशेष कार्यक्रम

 


शिव भट्टराई, मोरङ शुक्रवार, भदौ  ३ गते | रातो तारा डट कम,मोरंगको सुन्दरहरैचा वार्ड नं ११ स्थित लालीगुराॅस भजन कृतन समूहको प्रांगणमा कौडीन्य गोत्रिय आचार्य बंश प्रतिष्ठान सुन्दरहरैचा ७ ले बंधुत्वको भावना जगाउन नाच गान गर्दै तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ। सुन्दरहरैचा वार्ड नं ७ का वडा अध्यक्ष भुवन सिंह आले मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कौडीन्य गोत्रिय आचार्य बंश प्रतिष्ठान सुन्दरहरैचा ७ का अध्यक्ष मोहन आचार्यको सभापतित्व रहेको थियो।



कार्यक्रममा बोल्दै प्रमुख अतिथि भुवन सिंह आले मगरले आउदै गरेको हरितालिका तीजको अवसरमा सम्पूर्ण महिलाहरुलाई शुभकामना व्यक्त गर्दै आगामी दिनमा वार्डको तर्फबाट र आफ्नो तर्फबाट सहयोग गर्न तयार रहेको बताएका छन्।


कौडीन्य गोत्रिय आचार्य बंश प्रतिष्ठान सुन्दरहरैचा ७ की उपाध्यक्ष तुलसा आचार्यको संयोजकत्वमा भएको कार्यक्रममा लेखा समिति संयोजक बिना सुबेदी आचार्यले स्वागत मन्तव्य राखेकी थिईन् |

कौडिन्य गोत्रिय आचार्यहरुलाई एक बनाउन र बंधुत्वको भावना जगाउन यस्तो कार्यक्रमको आयोजना गरिएको र आउॅदा दिनहरुमा पनी विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै अगाड़ी बढ्ने प्रतिष्ठानका अध्यक्ष मोहन आचार्यले बताएका छन्। कार्यक्रममा अतिथिहरु सामाजिक व्यक्तित्व रविन्द्र आचार्य, पोस्ट कुमार श्रेष्ठ, तारा भण्डारी, खुशीलाल चौधरी लगायत राजनीतिक तथा सामाजिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.