Websoft University

कर सम्बन्धि प्रविधियुक्त १ दिवसिय तालिम सम्पन्न l


मोरङ । रातो तारा डट कम,  मोरंगको सुन्दरहरैंचा ८ स्थित शिक्षा निकेतन मा.वि. को कम्पुटर ल्याब कक्षामा कर सम्बन्धि प्रविधियुक्त १ दिवसीय तालिम सम्पन्न भएको छ l करदाता सेवा कार्यालय विराटचोक, सुन्दरहरैंचा, सुन्दरदुलारी, बेलबारी उद्योग बाणिज्य सङ्घ र केराबारी व्यापार प्रवन्ध समितिको संयुक्त आयोजनामा संचालित उक्त तालिममा तीन वटै पालिकाका ३९ जना सहभागीहरुको उपस्थिति रहेको थियो l 


१ दिवसीय प्रविधिमैत्री तालिममा अव व्यवसायी आफैले घरै बसेर कर सम्बन्धि सम्पूर्ण काम गर्न सक्ने भएकाले प्रविधि सम्बन्धि व्यवसायीलाई जानकारी गराउन आवस्यक देखिएकोले यो तालिमको आयोजना गरिएको सुन्दरहरैंचा उद्योग बाणिज्य सङ्घका अध्यक्ष कृष्णप्रसाद रिजालले जानकारी गराउनुभयो l कर अधिकृत दिपेश खनालले व्यक्तिगत कर इन्ट्री गर्ने, केवाइसी फारम भर्ने, तिरेको करको बिवरण हेर्ने, जम्मा भौचर हेर्ने जस्ता महत्वपूर्ण कुरामा प्रयोगात्मक तरिकाबाट   सिकाउनुभयो l 

उक्त तालिममा कर सहभागीता तथा परिचालन सम्बन्धि केहि आधारभूत जानकारी समेत गराइएको थियो l कार्यक्रम संचालन  सुन्दरहरैंचा उद्योग सङ्घका महासचिव नारायण कार्कीले गर्नुभएको थियो l

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.