Websoft University

एनआरएनएले भन्यो–नागरिकता विधेयक स्वागतयोग्य छ, हाम्रो माग नागरिकताको निरन्तरता हो


काठमाडौ २०७९ असार २८ गते। रातो तारा डट कम, गैर आवसीय नेपाली संघ (एनआरएनए)ले नागरिकता विधेयकको स्वागत गरेको छ । संघ अध्यक्ष विनोद कुँवरले विज्ञप्ति निकालेर यस विधेयकले गैरआवसीय नेपाली संघलाई संविधानले दिएको अधिकार कार्यान्वयन गरेको र नागरिकताको निरन्तरता आफूहरुको माग रहेको बताएका छन् । संघले विधेयकमा राजनीतिक अधिकारबाहेक सबै अधिकार गैरआवसीय नेपालीले पाएको बताए ।

अहिले संसदमा टेबल गरिएको नेपाल नागरिकता ऐन बिधेयकप्रति नेपाल सरकारलाई धन्यवाद । हाम्रो माग भनेको नागरिकताको निरन्तरता हो । यस बिधेयकमा केही कुराहरु हाम्रो माग अनुसार छैनन् तरपनि हामी यसलाई स्वागत गर्दछौं । विगत लामो समयदेखि मागको रुपमा रहेको नेपाली नागरिकताको निरन्तरतालाई नेपालको संबिधानमा राजनैतिक अधिकार बाहेक बाँकी सबै अधिकार पाउने गरि गैरआवासीय नेपाली नागरिकताको ब्यबस्था गरिएको छ” अध्यक्ष कुँवरद्वारा जारी विज्ञप्तिा भनिएको छ ।
विगत पाँच वर्षदेखि ऐन बनाउन पहल गर्दै आएको बताउँदै कुँवरले संघका निवर्तमान उपाध्यक्ष सोनाम लामाले नेतृत्व गरिरहेको बताएका छन् । संसदमा रहेको विधेयकलाई फिर्ता लिएर संशोधनसहित नयाँ दर्ता गरिएपनि संघले उठाउँदै आएका महत्वपूर्ण मागहरु सम्बोधन नभएको भन्दै अध्यक्ष कुँवरले संशोधनको माग समेत गरेका छन् ।
“नेपाल सरकारले पुरानो बिधेयकलाइ फिर्ता लिएर फेरि केहि परिमार्जनसहित ‘नेपाल नागरिकता ऐन २०६३ लाई संसोधन गर्न २०७९ लाई नयाँ बिधेयक’ भनेर संसदमा टेबल गरेको छ । यस बिधेयकमा थुप्रै कुरामा हाम्रो गुनासो छ, संसोधनका लागि अनुरोध पनि छ । केहि बुँदामा हाम्रो असहमति पनि छ । तर पनि संबिधानले दिएको यो संबैधानिक अधिकार कार्यान्वयन गर्न केहि पनि नभएको अवस्थामा यो बिधेयले पहिलो पटक दिने गैरआवासीय नेपाली नागरिकता आफैंमा एउटा उपलब्धि हो” अध्यक्ष कुँवरको विज्ञप्तिमा भनिएको छ ।
नेपालको संविधानले गैरआवासीय नेपाली नागरिकलाई राजनैतिक अधिकार बाहेकको अरु सबै आर्थिक, सामाजिक, सांस्कृति अधिकार पाउने ब्यबस्था गरेको छ । संविधानले सार्क देशभन्दा बाहिएर बसेका, पुस्ताले नेपाली तर बिदेशी नागरिकता लिएका नेपाली मुलका बिदेशीहरुलाई जनाएको छ ।
अध्यक्ष कुँवरले संविधानले दोहोरो नागरिकता नभएर आफूहरुलाई गैरआवासीय नेपाल नागरिकता मात्रै भएको समेत बताएका छन् । उनले तत्कालिन अध्यक्ष डा. शेष घलेको विशेष प्रयासमा गैरआवासीय नेपालीको अधिकार संविधानमा सुनिश्चित भएको बताए ।
विज्ञप्तिमा भनिएको छ, संविधानले दिएको अधिकारलाई कतिपयले दोहोरो नागरिकता भन्ने गरेका छन् तर दोहोरो नागरिकता दिने देश बिश्वमा जम्मा ४३ वटा जति मात्र छन् । दोहोर नागरिकता भनेको कुनै पनि देशले एकै समय दुई देशको नागरिकता मान्यता दिने कानुन हो । अहिलेको नेपालको संबिधानले दोहोरो नागरिकताको ब्यबस्था गरेको छैन । संबिधानले हामीलाई दिएको गैरआवासीय नेपाली नागरिकता मात्र हो । नागरिकताको लागि तत्कालिन गैरआवासीय नेपाली संघका अध्यक्ष डा. शेष घलेको बिशेष पहलमा गैरआवासीय नेपाली नागरिकतालाई संबिधानमा सुनिश्चित गर्न सफल भएको  हो ।”

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.