Websoft University

कटान प्रभावित क्षेत्रमा तारजाली लगाउन थालियो

 


गाईघाट –१७ असार । रातो तारा डट कम,अविरल बर्षाको कारण पानीको बहाव बढे संगै सप्तकोशीले धार परिवर्तन गरी पश्चिम उदयपुर तर्फको तटवन्ध कटान गर्न थालेपछि सेना. प्रहरी र स्थानियले कटान प्रभावित क्षेत्रमा तारजाली लगाउन थालेकाछन् । केही दिन देखीको निरन्तर बर्षाको कारण सप्तकोशीमा पानीको सतह निकै बढेपछि कोशीले धार परिवर्तन गरी पश्चिम उदयपुर तर्फ बग्न थालेपछि बर्षौ पहिले अस्थायि रुपमा लगाएको तटवन्ध कटान गरेर बाढी बस्तीमा पस्न लागेपछि बेलका नगरपालिकाले तत्काल रोकथामको लागी ढुङगा र जालीको व्यवस्था गरेको छ। नगरपालीका संग रहेको टयाक्टर, टिफर र स्काभेटर प्रयोग गरी सेना. प्रहरी र गाउलेको सहयोगमा कटान स्थलमा तारजाली लगाउन थालीएको बेलकानगरपालिकाका मेयरअसोक कार्कीले बताए । उनले सप्तकोशी अहिले पुरानो स्थान बाट बग्न थालेकोले थप बर्षा भएमा उदयपुरको तपेश्वरी र भागलपुर क्षेत्रमा ठूलो क्षत्री पुग्ने बताए । बर्षौ देखि कोशीको पश्चिम उदयपुर तर्फ स्थायि रुपमा बाध वाध्नको लागी नेपाल सरकार लाई आग्रह गरीएकोमा अहिले सम्म कुनै सुनुवाई नभएको बताए । कोशी संझौता अनुसार , उदयपुरको पश्चिम क्षेत्र तर्फ भारत सरकार द्धारा बाध निर्माण गर्नु पर्नेमा अहिले सम्म बाध वाँध्ने काम हुन नसकेको मेयर कार्कीले बताए । उनले कोशी कटानको नीरिक्षण गर्न भारत बाट समेत प्राविधिक टोली आएर फर्केको बताए। सप्तकोशीको पश्चिमी तटिय क्षेत्रमा बेलका नगरपलिका को वडा.न २ ३ र ८ पर्दछ । सो क्षेत्रमा घना बस्ती रहेकोछ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.