Websoft University

मन्त्री कार्कीद्वारा मोरङको मावा, बक्राहा र चिसाङ कटान निरीक्षण, विराटनगर डुबान हटाउन सिंघिया र केसलिया करिडोरमा जोड

 


विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीसहित सुरक्षा अधिकारीको टोलीले धार परिवर्तन गरी बस्तीतर्फ पस्ने खतरा भएका नदीखोलाको निरीक्षण गरेका छन् ।

मन्त्री कार्कीको नेतृत्वमा मोरङको मावा, बक्राहा र चिसाङ खोलाले गरिरहेको कटान हेर्न सरकारी अधिकारीसहितको टोली स्थलगत निरीक्षमा पुगेको हो । मन्त्री “कहाँ कसरी कटान भईरहेको भन्ने बर्खाकै बेला हेर्दा त्यसको नियन्त्रणमा योजना बनाउन सहज होस भनेर प्रत्यक्ष निरीक्षण गरेका हौं,” मन्त्री कार्कीले भने,“अब सोहीअनुरुप नदीखोला नियन्त्रण गर्न तटबन्ध निर्माण तथा अरु उपायबारे सरकारलाई जानकारी गराउने छौं ।” 

बक्राहा, मावा र चिसाङले पूर्वी र दक्षिणी क्षेत्रमा अधिक बस्ती डुबान गर्ने तथा खेतयोग्य जमिन कटान गर्ने गरेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालासहितको टोली उर्लाबारी, पथरीशनिश्चरे, रंगेली पुगेर स्थानीय पालिकाका प्रमुख तथा जनप्रतिनिहरुसँग पनि कटान र यसको नियन्त्रणको उपायरबारे छलफल गरेको हो । 

मन्त्री कार्कीले भने,“बाढी तथा कटानबाट भएको क्षति र उत्पन्न समस्याको विषयमा पीडित तथा प्रभावित बासिन्दसँग छलफल गरिंदा त्यहाँको खास समस्या उजागर हुन्छ, के गर्दा कटान नियन्त्रण गर्न सकिन्छ भन्ने थाहा हुन्छ । प्रदेशस्तरबाट हुने तटबन्धन निर्माणको काम यतैबाट र नहुने संघीय तथा स्थानीय सरकारसँगको समन्वयमा अघि बढाइने छ ।” कार्कीले प्रदेश सरकारले तत्काल राहत चाहिनेहरुलाई तत्कालै सहयोग गर्ने, कटान नियन्त्रणमा थालिहाल्नु पर्ने काम शुरु गर्ने र दीर्घकालिन रुपमा समस्या समाधान गर्न नयाँ खाका बनाउने बताए ।

अविरल वर्षासँगै आएको बाढीले मोरङका खोलाहरुमा आएको बाढीले ठूलो आर्थिक नोक्सानी गरेको छ । प्रदेश राजधानी विराटनगर हरेक वर्ष जस्तै योपटक पनि डुबानको चपेटामा परेको छ । 

विराटनगरमा हरेक वर्ष सिंघीया र केशलिया खोलाले दुःख दिने गरेको छ । यसको नियन्त्रणका लागि तटबन्धसहितको करिडोर निर्माणको लागि प्रदेश सरकारले योजना बनाईरहेको आन्तरिक मामिला मन्त्री कार्कीले बताए । मन्त्री कार्कीले भने,“प्रदेश सरकारले दुबै खोलाको दुबैतर्फ स्थायी तटबन्धन निर्माण गर्ने र यसलाई ग्रीनबेल्टको रुपमा सिमावर्ती भारतीय क्षेत्रसम्म नै विकास गर्ने योजना बनाएको छ । विस्तृत अध्ययनपछि सरकार आफैले अथवा दाता निकायसँगको सहयोगमा यो काम अघि बढाइने छ ।”

तस्बिर क्याप्सन ः मोरङको बक्राहा, चिसाङ र मावा खोलाको कटान निरीक्षण गर्दै मन्त्री कार्की तथाअन्य सरकारीअधिकारी ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.