Websoft University

भन्सार छली अवैधरुपमा भण्डारण गरेको खाद्यन्न सामग्री बरामद


बिराटनगर, असार २५ गते । रातो तारा डट कम,(सनिवार ) मोरङको बिराटनगर महानगरपालिका-६ स्थितबाट भन्सार छली अवैधरुपमा भण्डारण गरेको खाद्यन्न सामग्रीहरु प्रहरीले बरामद गरेको छ । बिशेष सुचनाको आधारमा हिजो दिउँसो १ नम्वर प्रदेश प्रहरी कार्यालय RIT बाट खटिएको प्रहरी टोलीले बिराटनगर-६ स्थित रहेको बिनोद केसरीको गोदाम घरमा भन्सार छली चोरी पैठारी गरी भण्डारण गरेको चिनी ४७ बोरा (२३५० के.जि.), मटर ३२ बोरा (९६० के.जि.), छोकडा ५ बोरा (२५० के.जि.), पानीपुरी १० कार्टुन, रसगुल्ला ४ कार्टुन समेत गरी अन्दाजी २ लाख ३० हजार मुल्य बरावरको  समान बरामद गरेको हो । बरामद गरिएका खाध्यान्नका सामग्रीहरु जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको साथै अन्य थप अनुसन्धान भईरहेको छ ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.