Websoft University

नेकोस राष्ट्रिय क्रिकेट संघले अम्पायरिङ र स्कोरिङ तालिम आयोजना गर्ने


काठमाडौं । रातो तारा डट कम, नेकोस राष्ट्रिय क्रिकेट संघले अम्पायरिङ र स्कोरिङ तालिम आयोजना गर्ने भएको छ । ईलाममा आयोजना हुने तालिम असार ३१ देखी साउन १ गतेसम्म चल्नेछ । तालिमको मुख्य प्रशिक्षकमा अन्तराष्ट्रिय अम्पायर बुद्धि बहादुर प्रधान रहेको संघका अध्यक्ष बिप्लभ घोषले जनाएका छन । अध्यक्षका अनुसार तालिममा नेपाली महिला तथा पुरुषले सहभागिता जनाउन पाउने र नेपाली नागरिकता अनिवार्य गरिएको छ ।

नेकोस राष्ट्रिय क्रिकेट संघले दुई हप्ता अगाडी एक पत्रकार सम्मेलन मार्फत आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गरेको थियो । संघको बार्षिक कार्यक्रम अन्तर्गतनै यो तालिम आयोजना हुने भएको हो ।

नेकोस राष्ट्रिय क्रिकेट संघले आयोजना गर्ने यस तालिमलाई नेपाल क्रिकेट संघ ९क्यान०ले मान्यता दिएको छ । तालिमको ब्यवस्थापकमा इलाम जिल्ला क्रिकेट संघ रहेको छ । यो तालिमलाई प्रादेशिक क्रिकेट संघ, प्रदेश नं। एकले सहयोग गरेको छ । साथै बिशेष सहयोगिमा नेपाल क्रिकेट संघ ९क्यान० रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.