Websoft University

एक जना पक्राउ


बिराटनगर, असार २८ गते । १ नम्वर प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुह RIT बाट खटिएको प्रहरी टोलीले सवारी ज्यान मुद्दाका १ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७६।०३।२९ गतेको फैसला आदेशले १ वर्ष ११ महिना ८ दिन कैद र २१ हजार ३ सय ३३ तेत्तीस रुपैया ३३ पैसा जरिवाना भई कैद तथा जरिवाना असुल गर्न बाँकी रहेका फरार प्रतिवादी बिराटनगर महानगरपालिका-४ का २२ बर्षीय नविन माझीलाई गाँउ घरमा नै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका माझीलाई कैद तथा जरिवाना भुक्तानको लागि मोरङ जिल्ला कारागारपठाइएकोछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.