Websoft University

स्वागत तथा भेटघाट कार्यक्रम


बिराटनगर २०७९ असार २८ गते । रातो तारा डट कम,मंगलबार मोरङ–सुनसरी औद्योगिक कोरिडोर अन्तर्गत रहेका दुहबी नगरपालिकाका नगर प्रमुख श्री वेद नारायण गच्छदारज्यू, बुढीगंगा गाउँपालिकाका अध्यक्ष श्री जित नारायण

थापा मगरज्यू र कटहरी गाउँपालिकाका अध्यक्ष श्री देवराज चौधरीज्यूलाई मोरंग व्यापार संघमा स्वागत तथा सम्मान गरिएको थियो । मोरंग व्यापार संघका अध्यक्ष श्री नवीन रिजालज्यू, निवर्तमान अध्यक्ष श्री प्रकाश मून्दडाज्यू लगायत पदाधिकारीज्यूहरुले फूल गुच्छा तथा खादा ओढाई स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष श्री अनुपम राठीज्यू, उपाध्यक्ष श्री अनिल कुमार साहज्यू, उपाध्यक्ष श्री बिकास कुमार बेगवानीज्यू, महासचिव श्री अनिल सारडाज्यू र बुढीगंगा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री संजिव न्यौपानेज्यू,कटहरी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री रोहिणी आचार्यज्यूको उपस्थिति रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.