Websoft University

फरार प्रतिवादी पक्राउ

 


बिराटनगर, २०७९ साउन ३ गते । रातो तारा डट कम,१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको च्क्ष्त् समुहबाट खटिएको प्रहरी टोलीले २ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतबाट बिभिन्न मिति र समयमा बिभिन्न मुद्धामा कैद तथा जरीवाना फैसला भई फरार रहदै आएका फरार प्रतिवादीहरुको खोजतलासमा खटिएको च्क्ष्त् समुहको प्रहरी टोलीले सोमवार २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बहु( बिबाह मुद्धामा सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७८।०१।०९ गतेको सजाय निर्धारण फैसला आदेशले १ वर्ष ११ महिना ४ दिन कैद र  रु।२०,००० जरीवाना भई फरार रहदै आएका जहदा गाउँपालिका ७ मझारेका २६ बर्षीय बिष्णु हेमरन र चोरी मुद्धामा सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७८।११।१५ गतेको सजाय निर्धारण फैसला आदेशले १ वर्ष २ महिना ३ दिन कैद र  रु.१२,०००। जरीवाना भई हाल सम्म फरार रहदै आएका विराटनगर महानगरपालिका  १२ शुक्रबारेका २२ बर्षीय गणेश कुमार राम मोची रहेका छन् । पक्राउ परेका दुबै जनालाई जिल्ला अदालत मोरङमा उपस्थित गराईएकोमा तोकिएको सजाय भुक्तानको लागी कारागार चलानभएकाछन् । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.