Websoft University

विद्युत सर्ट हुँदा एक घरमा आगलागी

 


मोहन कुमार राई÷३  साउन २०७९, संखुवासभा- खाँदबारी नगरपालिका–९ स्थित ढुङ्गेधारामा एक घरमा आगलागि भएको छ ।

मंगलबार दिउँसो विद्युत्त् सर्ट भई स्थानीय मोहनकुमार दर्लामी मगरको घरमा आगलागि भएको  जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरिक्षक लालध्वज सुवेदीले बताए । उनको अनुसार, दिउँसो करिब १२ बजे तरि विद्युत् सर्ट भई घरमा आगलागि भएको र घरमा क्षति पुगेको   छ । गाउँ नजिकै भएकाले स्थानीय, खाँदबारी नगरपालिकाको दमकल र नेपाल प्रहरीको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको थियो । आगलागिबाट करिब एक लाख रूपैयाँ भन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । सरक्षाकर्मी र दमकलको सहायताले तत्कालै आगो नियन्त्रणमा आएकाले खाद्यान्न, लत्ताकपडा लगायत केही सामाग्री सुरक्षित रहेको प्रहरीले जनाएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.