Websoft University

सरकारले मंहगी नियान्त्रण गनै सकेन–इन्धनको मूल्य घटे पनि व्यापारीले खाद्यान्नको भाउ घटाएन



काठमाण्डौ असार १८ गते । रातो तारा डट कम, सरकारले जनतालाइ ठग्ने काम भन्दा केहि गरेको छैन । सरकारले इन्धनको मूल्य घटायो तर मंहगी नियान्त्रण भने गर्न सकेन । अहिले हरेक कुरामा व्यापारीले भाउ बढाए, खाद्यान्न सामग्रिको भाउ बढाएका छन ।

हवाइजाजको भाडा भाडा घटेन, यातायात व्यवस्था विभागल  सरकारी रुपमा भाडा दर घटाए पनि यातायात व्यावसायीले बडाएको भाडा घटाएनन्, । आयल निगमले असार ५ मा डिजेलको मूल्य प्रतिलिटर २७ रुपैयाँ बढाएलगत्तै खाद्य ढुवानीको मूल्य प्रतिकिलो ३ रुपैयाँ बढेको थियो । नेपालगन्जबाट काठमाडौंसम्मको ढुवानी भाडा प्रतिकिलो ३ देखि साढे ३ रुपैयाँ बढेको थियो तर मूल्य घट्दा समायोजन भएको छैन ।

खुद्रा व्यापार सङ्घका महासचिव अमुलकाजी तुलाधरले इन्धनको मूल्य बढ्दा खाद्य वस्तुको मूल्य तत्काल बढाएका ठूला व्यापारीले घट्दा समायोजन नगरेको बताउनुभयो । ठूला व्यापारीले भाउ नघटाउँदा खाद्यान्न सामग्रीको बजार भाउ अहिले आकासिएको छ ।

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.