Websoft University

डोजाङ्गबाट उत्पादित खेलाडीले मनाए गुरुपूर्णिमा, प्रशिक्षक फडिन्द्र खड्का सम्मानित


मोरङ २९ गते बुधबार,। रातो तारा डट कम,अषाढ शुक्ल पूर्णिमाका दिन आज बुधबार बिभिन्न ठाउँमा गुरुपूर्णिमा पर्व मनाएका छन । यसै गरी सुनसरीको इटहरीमा समेत तेकान्दो डोजाङ्गबाट उत्पादित खेलाडीहरुले बिबिध कार्यक्रम गरि यो दिवस मनाएका छन। इटहरी नगर डोजांग प्रमुखहरुको आयोजना तथा पुर्व तेकान्दो खेलाडीहरुको सहकार्यमा खेल क्षेत्रमा लामो समय बिताइरहेका तेकान्दो खेलाडी तथा प्रमुख प्रशिक्षक फडिन्द्र खड्कालाई आफ्ना प्रशिक्षार्थीले सम्मान गरेका छन।


गुरु पूर्णिमाका दिन सम्मानित भएका डोजांङ्ग प्रमुख फडिन्द्र खड्काले इटहरीमा २ दर्जन भन्दा बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गरि सकेका छन।गुरुपूर्णिमाका दिन खेलाडीहरु आफु प्रति देखाइएको सदभाब सम्मान र संस्कार छन, जुन आफ्नो मौलिकता नाबिर्सेको तर्क गरेका छन।गुरु पूर्णिमाका दिन सम्मनित भएका डोजांङ्ग प्रमुख फडिन्द्र खड्काले इटहरीमा २ दर्जन भन्दा बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गरि सकेका छन। गुरुपूर्णिमाका दिन खेलाडीहरु आफु प्रति देखाइएको सदभाब सम्मान र संस्कार छन, जुन आफ्नो मौलिकता नाबिर्सेको तर्क गरेका छन।

यसरी आफ्ना गुरुलाई सम्मान गर्न पाउँदा गुरुलाई एक दिन मात्र सम्मान दिएर हुदैन जीवनपर्यन्त सम्मान गर्नु पर्छ जसले आफ्नो संस्कार र सस्कृति साथै गुरुप्रति गरिने आदर्श भाव समेत झल्किने खेलाडीहरुको भनाई छ।

गुरुपूर्णिमाका अवसरमा गुरुप्रति श्रद्धाभाव प्रकट गर्न पाउँदा यो संस्कृतिको रुपमा बिकास भएको र यसलाई बचाई राख्न अपरिहार्य रहेको पुर्व तेकान्दो खेलाडी तथा प्रदेश १ नेपाल तेकान्दो संघका सदस्य सुर्य दंगाल बताउछन ।अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ। उक्त कार्यक्रममा नेपाल तेकान्दो संघ प्रदेश १ का उपाध्यक्षद्धय शिवराज दाहाल, ईश्वर बिक्रम शाह प्रदेश १ सदस्य कुमार गुरुङ , तेकान्दो संघ सुनसरी उपाध्यक्ष सतिश काफ्ले लगायतको उपस्थिति रहेको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.