Websoft University

प्रतिभा पुरस्कार प्रतिष्ठानद्वारा ८ जना साहित्यकार पुरस्कृत


विराटनगर । रातो तारा डट कम, चार दशकभन्दा लामो समयदेखि भाषा साहित्यको क्षेत्रमा सक्रिय विराटनगरस्थित प्रतिभा पुरस्कार प्रतिष्ठानले विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई नगदसहित सम्मान गरेको छ । 


बुधबार विराटनगरमा आयोजित कार्र्यक्रममा ‘प्रतिभा पुरस्कार’ अग्रज साहित्यकार प्रा.डा. लक्ष्मणप्रसाद गौतम, ‘दीनबन्धु–उषादेवी गोयल प्रतिभा पुरस्कार’ डा. दुवसु क्षेत्री, ‘लीलानाथ–विश्वमञ्जरी बराल प्रतिभा पुरस्कार’ डा. ज्ञानु पाण्डे र ‘ज्वालाप्रसाद पोखरेल प्रतिभा पुरस्कार’ वरिष्ठ भाषाशास्त्री प्रा.डा. टंकप्रसाद न्यौपानेलाई प्रदान गरिएको छ । उहाँहरु सबैलाई जनही ५० हजार राशि र सम्मानपत्र समर्पण गरिएको थियो । त्यस्तै २२ हजार राशिको ‘विराटलक्ष्मी प्रतिभा पुरस्कार’बाट झापाका हरिप्रसाद न्यौपाने र सुनसरीका नारद पोखरेल संयुक्त रुपमा सम्मानित हुनुभयो ।  


त्यस्तै साहित्यकार लोचन रिजाल र भरत गुरागाईलाई २२ हजार राशिको ‘षडानन्द प्रतिभा पुरस्कार’ संयुक्त रूपमा प्रदान गरिएको छ । उहाँहरु सबैलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर १ का पूर्व प्रदेश प्रमुखसमेत रहनु भएका साहित्यकार प्राध्यापक डाक्टर गोविन्दबहादुर तुम्बाहाङले दोसल्ला ओढाएर नगद र सम्मानपत्र प्रदान गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि तुम्बाहाङ, आयोजक संस्थाका अध्यक्ष प्राज्ञ दधिराज सुवेदी, सचिव प्राध्यापक कविराज न्यौपाने, प्राज्ञ विवश पोखरेल, साहित्यकार दिङ्लाली कान्छोलगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । २०३९ सालमा जनस्तरबाट स्थापित भाषा साहित्यको क्षेत्रमा योगदान गर्ने स्रष्टालाई पुरस्कृत गर्ने परम्पराअनुसार संचालन भइरहेको प्रतिभा पुरस्कार प्रतिष्ठानले कृतिसमेत प्रकाशित गर्दै आएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.