Websoft University

झोराहाट नाट्य समूहलाई राष्ट्रिय नाट्य पुरस्कार


विराटनगर असार  २७ गते । रातो तारा डट कम, मोरङको झोराहाटस्थित झोराहाट नाट्य समूहलाई नेपाल सरकारले १ लाख राशिको पुरस्कार प्रदान गरेको छ । 

नेपाल प्रज्ञा प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्ने १ लाख रुपैयाँ राशिको ‘गोपालप्रसाद रिमाल राष्ट्रिय नाट्य पुरस्कार’ झोराहाट नाट्य समूहलाई प्रदान गरेको हो । सो पुरस्कार नाट्य समूहका अध्यक्ष भरत गुरागाईं बर्बरिक र सचिव छत्र काफ्लेले ग्रहण गरे । प्रज्ञा भवनमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले नगद र ताम्रापत्र प्रदान गरे । 

यो पुरस्कार झोराहाट नाट्य समूहको मात्रै नभएर समग्र नाट्य क्षेत्रको भएको अध्यक्ष बर्बरिकले प्रतिक्रिया दिए । “यो पुरस्कारले हामी कलाकारहरु निकै उत्साहित भएका छौं,” बर्बरिक भने, “सरकारले यो पुरस्कार दिएर समग्र नाट्य क्षेत्र र कलाकारलाई सम्मान गरेको मैले ठानेको छु । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.