Websoft University

सङ्घ प्रदेश र स्थानीय तहको समन्वय विना विकाश नहुने - कानुन मन्त्री केदार कार्की

 


विराटनगर, २७ असार । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सङ्घ प्रदेश र स्थानीय तहको समन्वय विना विकाश सम्भव नभएको बताउनुभएको छ । सोमबार विराटनगरमा आयोजित सङ्घ, प्रदेश र स्थानीय तहबिचको अन्तरसम्बन्धः हालसम्मको प्रयास र अबको प्राथमिकता विषयक गोष्ठीमा बोल्दै मन्त्री कार्कीले विकाशको काममा तीनै तहको समन्वयआवश्यक रहेको बताउनुभएकोहो ।

‘सङ्घीय सरकारले आफू नै सबैभन्दा ठुलो हुँ भन्ने, प्रदेशले सङ्घ छुट्टै हो तर तलकोले मान्नुपर्छ भन्ने, स्थानीयले हाम्रो त आफ्नै अधिकार छ भन्ने त्यसमा वडा अध्यक्षले सिङ्गो वडा त मेरै हो भन्ने चलन छ । उहाँले भन्नुभयो, यसो हुँदा कसरी विकाशका काम अगाडि बढ्छन् त ?’

सङ्घीयताले विकासको मोडललाई विकेन्द्रीकरण गर्दै लानुपर्नेमा त्यसो नभइरहेको बताउँदै मन्त्री कार्कीले भागबन्डाका आधारमा हुने विकासलाई रोक्नुपर्नेमा जोड दिए । ऐन अनुसार स्थानीय सरकारले बजेट पास नगरी मेयरको भागमा यती उपमेयरको भागमा यति, वडा अध्यक्षलाई यति भन्ने हुन्छ । उहाँले भन्नुभयो, जब की कानून भनेको डर देखाउने चिज हैन ।’

गाउँपालिका महासङ्घलाई स्थानीय तहमा जनताका भावना अनुसार काम गराउन समन्वयकारी भूमिका खेल्न पनि मन्त्री कार्कीले आग्रह गर्नुभएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.