Websoft University

पत्रकार एलेन गच्छदार नगद पांच हजारसहित सम्मान पत्रले सम्मानित


मोरङ असार ४ गते । रातो तारा डट कम, सुन्दरदुलारी उधोग बाणिज्य संघको छैटौं साधारण सभाबाट पत्रकार एलएन गच्छदार सम्मानित भएका छन् ।

उनलाई कार्यक्रमका प्रमुख अतिथी रहेका नेपाल उधोग बाणिज्य महासंघका काठमाडौंका उपाध्यक्ष अन्जन श्रेष्ठ र सुन्दरदुलारी उधोग बाणिज्य संघका अध्यक्ष किशोर कार्कीले संयुक्त रुपामा नगद पांच हजारसहित सम्मान पत्रले सम्मानित गरेका हुन् ।

सत्य तथ्य घट्नाहरूमा आधारित रहेर सञ्चार माध्यमबाट आम नागरिकलाई जानकारी गराउदै राज्यको चौथो अंग रुपमा काम गर्दै कलम, क्यामराबाट सचेत जागरुप गराउदै, आफ्नो जिवनलाई पत्रकारीता तथा संचार क्षेत्रमा समर्पित गरेकै कारणले उनलाई सम्मनित गरिएको, आयोजकले जनाएको छ ।

बि.स. २०६७ सालमा इटहरी एफएम ९२.५ मेगाहर्जमा कार्यक्रम प्रस्तोताको रुपमा संचार क्षेत्रमा प्रवेश गरेका गच्छदार २०७० सालमा पूर्वको उज्यालो रेडियो सारङ्गी १०१.३ मेगाहर्जमा समेत कार्यक्रम उत्पादन र संचालन गर्दै सप्तकोशी एफएफ ९० मेगाहर्जमा २०७० सालमा प्रवेश गरि हाल कार्यक्रम प्रस्तोता एवम् उत्पादकका रुपमा सक्रिय छन् ।

गच्छदार आफ्नो कला, प्रतिभाका धनी मेहनति र लगनशीलताका कारण संचार क्षेत्रमा अघि बढ्ने हौसला प्राप्त गर्दै हाल कृषि टेलिभिजनमा काम गर्दै आएका छ्न् । कुशल प्रस्तोतासँगै उनी प्रशिक्षक समेत हुन् । उनी संचार सम्बन्धि प्रशिक्षण दिन्छन् । हाल उनी नेपाल आदिवासी जनजाति पत्रकार महसंघ (फोनिज) सुनसरीका जिल्ला सहसचिव छन् । उनी थारु पत्रकार संघ नेपालको केन्द्रीय सचिव हुन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.