Websoft University

ट्राफिक प्रहरी पोस्ट गछियाद्वारा सवारी चालकलाई सचेतना

 


शिव भट्टराई,मोतङ असार  ३ गते । रातो तारा डट कम, ट्राफिक प्रहरी पोस्ट गछियाले सवारी दुर्घटना न्यूनीकरण तथा सडक अनुशासन पालना गराउनका लागी शुक्रबार सुन्दरहरैंचा भित्रका विभिन्न ठाउॅमा चालक लक्षित कार्यक्रम गरेको छ। ट्राफिक

प्रहरी गछियाले राजमार्ग  तथा साहयक मार्गमा सवारी साधन रोकेर चालक र सहचालकलाई गाडी भित्र डस्टबिन, प्लास्टिक राख्न अनुरोध गर्दै तिब्र गतिमा गाडी नचलाउन , आवश्यकता भन्दा बढी भाडा नलीन, गाड़िको ढोका बन्द गर्न आग्रह गरेको छ ।


दिनदिनै सड़क दुर्घटना बढ़ने क्रममा रहेको त्यसैगरी मन परी भाड़ा लिने गरेको, तिब्र गतीमा गाड़ी चलाउने गरेकाले यात्रुहरूको समस्या समाधान गर्न ट्राफिक प्रहरी गछियाले सार्वजनिक यातायातका चालक र यात्रुहरुलाई सचेतना दिएका छन्।


ट्राफिक प्रहरीले विभिन्न  सवारी साधन रोकेर चालक साथै सहचालकलाई गाडी भित्र डस्टबिन राखे सड़कमा फोहोर नहूने, गाड़ी भाडाको लिस्ट बनाएर राखे यात्रुहरुलाई सहज हुने, गाडीको ढोका बन्द गरे दुर्घटना न्यूनीकरण हुने जानकारी गराएका थिए। सो क्रममा ट्राफिक प्रहरीले चालक समक्ष गाडी भित्रको नियमहरू  कार्यान्वयनमा साथ दिन अनुरोध गरेको प्रहरी सहायक निरीक्षक गणेश दाहालले जानकारी दिएका छन्।

त्यसैगरी सवारी चालक साथै गाड़िमा सवार यात्रुहरूले यस्तो चालक सचेतना कार्यक्रम गरेकोमा ट्राफिक प्रहरी पोस्ट गछियालाई धन्यवाद दिदै खुशी व्यक्त गरेका दिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.