Websoft University

स्वास्थ्य बीमा अन्तरगतको उपचार सेवाको नाममा सर्वसाधारणहरुलाई सास्ती


बिराटनगर असार ४ गते । रातो तारा डट कम, नेपाल सरकारले चलाएको स्वास्थ्य बीमा अन्तरगतको सेवा दिने नाममा अहिले देशैभरी सरकारी अस्पतालहरुले सर्वसाधारणको स्वास्थ्य माथि खेलाबाढ गरिरहेका छन । बिराटनगरको कोशी अस्पतालमा सरकारले असाय गरिव सर्वसाधारणका लागि छुट्याएको वा सरकारले पठाएका धेरै प्रकारका औषधी बाहिर सार्वजानिक ठाउमा औषधिको सुची नराखेकाले सर्वसाधारणहरु सेवा सुबिधाका बारेमा जानकारी पाउन सकेका छैनन् । 

त्यस्ता सरकारी औषधी कर्मचारी मिले बिक्री गर्ने गरेका छन भने कति चै औषधी म्याद जाउन जेल लुकाएरै राख्ने गरेको पाइएको छ । कोशी अस्पतालमा स्वास्थ्य बीमा अन्तरगतको सेवा लिन पुगे बीरामीलाई कि त नक्कली औषधी दिइन्छ कित म्याद गएको नक्कली कम्पनी औषधी दिनेगरेको गुनासो छ भने धेरै औषधी छैन भनेर पठाउने गरेको सेवाग्रहीको गुनासो रहेको छ । 

अहिले स्वास्थ्य बीमा नबिकरण गर्ने वा नगर्ने  जस्ता कुरामा सर्वसाधारणहरु आज भोलि अलमलमा परेका छन । अहिले निजी अस्पतालहरुले स्वास्थ्य बीमा सम्जौता गरेर सेवा दिइरहेका भए पनि सरकारले सो बारेको रकम नदिदा ती सेवाहरु पनि प्रभाबित हुन थालेका छन । त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम अन्तरगत दिँदै आएको सुविधा सरकारले रकम भुक्तानी गरे पछि स्थगित गर्ने भएको छ । २०७७ मङ्सिरदेखि सेवा लिएका बिरामीहरूको उपचार गरेबापत स्वास्थ्य बीमा बोर्डले रकम भुक्तानी नगरेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालले असार १५ गतेदेखि अर्को सूचना जारी नभए सम्मका लागि कार्यक्रम स्थगित गरिएको जनाएको छ । शिक्षण अस्पतालमा स्वास्थ्य बीमा अन्तर्गत दैनिक ५ सय बिरामी उपचारका लागि आउने गरेका छन् । सरकारले चलाएको स्वास्थ्य बीमा कार्याक्रम अन्तरगत देशभरी धेरै बिरामीले उपचार पाइरहेका भए पनि सरकारको हेलचेक्रयाइले गर्दा सबैतिर यो सेवा बन्द हुने अवस्थामा पुगेको छ । 

 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.