Websoft University

मुग्लिनको जाममा फसेकी श्रीमतीलाई लिन जाँदा पहिरोमा परेर श्रीमानको मृत्यु भिडियो सहीत


काठमाण्डौ जेठ २८ गते । रातो तारा डट कम, मुग्लिन आँबुखैरेनी सडकखण्डको साँखरमा शुक्रबार बिहान सडक भासिँदा दुई जनाको मृत्यु भएको छ। गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ५ छोप्राक स्थायी घर भई तनहुँको आँबुखैरेनीमा बसोबास गर्दै आएका ३५ वर्षीय केशव घिमिरेको पहिरोमा परेर मृत्यु भएको हो।

घिमिरे आँबुखैरेनीमा इलोक्ट्रोनिक्स पसल चलाउँथे। चितवन गएकी श्रीमती जाममा परेपछि लिन भन्दै शुक्रबार उज्यालो नहुँदै घिमिरे मोटरसाइकलमा मुग्लिनतर्फ गएका थिए। मुग्लिन पुग्न नपाउँदै साँखरमा सडक भासिँदा मोटरसाइकलसहित उनी पहिरोमा परेका थिए। उनको शव  सुरक्षाकर्मीले मर्स्याङ्दी नदी किनारमा फेला पारे। घिमिरे सवार ग १५ प २९५३ नम्बरको मोटरसाइकल अझै फेला परेको छैन।

आफन्तका अनुसार घिमिरेकी श्रीमती माइत गएकी थिइन्। चितवनबाट फर्कँदै गर्दा जाममा परेपछि उनले श्रीमानलाई बोलाएकी थिइन्। श्रीमतीले एक कम्पनीमा विहिबार मात्रै नाम निकालेकी थिइन् । त्यसैका लागि उनि चितवन आएकी थिइन ।श्रीमानसंग संगै बसेर खुसी साट्ने उनको धोको अधुरै रह्यो ।

घिमिरेको शव पोस्टमर्टमका लागि दमौली अस्पतालमा राखिएको छ। सडक भासिँदा बा १० च ४६७९ नम्बरको कार पनि पुरिएको छ। प्रहरीका अनुसार सिल्भर कलरको बम्फरसहितको कारको टुक्रा फेला परेको छ, कार भने भेटिएको छैन। भिडियो सहीत 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.