Websoft University

बिधार्थीलाई निशुल्क आँखा जाँच तथा मुखको स्वच्छाताबारे जनचेतना कार्यक्रम


मोरङ। रातो तारा डट कम,सुनसरी जिल्लाको बर्जु गाउँपालिका वडा -६ स्थित राष्ट्रिय आधारभूत बिधालयमा स्वास्थ्य सम्बन्धी सचेतनामुलक कार्यक्रम गरियो। थारु कला केन्द्र, दैता युवा समुह र लायन्स क्लब हेल्थ प्रोफेसन बिराटनगरको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न गरियो।


सो बिधालयमा रहेका २ सय ३० जना बिधार्थीलाई निशुल्क आँखा जाँच तथा मुखको स्वच्छाताबारे जनचेतना तथा ब्रस, मन्जन वितरण गरियो।सामान्यत मुख सफा नगरेको, दाँतमा ब्रस नगरेको अवस्थामा यस्तो समस्या हुनसक्छ । तर, कतिपयको सास/मुख गन्हाउँछ, अन्य दिनमा पनि । यसको कारण धेरै हुनसक्छ । गलत खानपान, पेटको समस्या, दाँत वा मुखको सरसफाई नहुनु आदिले मुख गन्हाउँछ ।

बालबालिकामा भएका यस्ता किसिमको समस्याका लागि सचेतना कार्यक्रम गरिएको दैता युवा समुहका अध्यक्ष तथा शुभकामना हेल्थ केयर लेटाङका प्रबन्ध निर्देशक सुनिल चौधरीले बताए।बालबालिकाहरु बढी मात्रामा मोबाइल प्रयोग, मोबाइलमा गेम खल्ने जस्ता कारणले आँखाको समस्या बढी हुने गरेको पाइन्छ।  यस्ता समस्या हुन् नदिन समेत कार्यक्रमले सचेतना जगाएको छ। चिकित्सक नबराज बिश्वासले निशुल्क आँखा परिक्षण गराएका छन।

कार्यक्रममा चिमडी स्वास्थ्य चौकीका स्वास्थ्य अधिकृत देबकृष्ण बिश्वासले मुख स्वच्छता सम्बन्धि सचेतना मुलक जानकारी गराउंदै मुखको दुर्गन्धको समस्याबाट बच्न दैनिक कम्तीमा पनि दुईपटक ब्रस गर्नुपर्छ र जिब्रो सफा राख्नुपर्छ । दाँतको समस्याका कारण मुख गन्हाउने भएकाले नियमित परीक्षण गराउन सुझाब समेत दिए।

यस्ता सचेतनामुलका र निशुल्क आँखा परिक्षण गरेपछि बिधार्थीमा बेग्लै उमंग र खुसि छाएको थियो भने सो विधालयका प्रध्यानाध्यापक सुधा चौधरीले यस  किसिमको कार्यक्रम गर्दा प्रभावकारी भएको र बिधार्थिमा सकारात्मक उर्जा थपिएको भन्दै  धन्यबाद ज्ञापन गरिन।  आगामी दिनमा समेत यस्ता कार्यक्रम गर्न समेत अनुरोध गरिन।

बर्जु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद चौधरीको समेत उपस्थिति रहेको कार्यक्रममा उनले स्वास्थ्य सचेतना कार्यक्रम संगै  गुणस्तरीय शिक्षा उपलब्ध गराउन  बिधालयको  पाठयक्रम देखि भौतिक पूर्वाधार बिकास गर्न समेत स्थानीय निकायले ध्यान दिन जरुरी रहेको बताउदै  तब मात्र राष्ट्रले शिक्षामा लिएको लक्ष्यमा पुग्न सकिने बताए।कार्यक्रममा थारु कला केन्द्रका अध्यक्ष बिएन चौधरी, स्थानीय वडा सदस्य भुन्टा चौधरी लगायतले आफ्ना धारणा प्रस्तुत गरेका थिए

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.