Websoft University

मनसुन सुरु भएसँगै बाढी र पहिरोको जोखिम बढ्यो


काठमाण्डौ जेठ २७ गते । रातो तारा डट कम, मनसुन सुरु भएसँगै देशका विभिन्न स्थानमा बाढी र पहिरोको जोखिम बढेको छ । राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार देशभर ११ जिल्लाका ३५ स्थानीय तहका बस्ती अति नै जोखिममा रहेका कुरा जनाएको छ ।

सरकारले यसमा पूर्वतयारी भने नगरिएको भन्दै सर्वसाधरणले गुनासो हरु गर्न थालेका छन् । बागलुङको गलकोट नगरपालिकामा लगातारको वर्षाका कारण ६५ घरधुरी उच्च जोखिममा परेका छन् भने १८ घर विस्थापित भएका छन् । वडा नम्बर ६ को वडा कार्यालयसहित विद्यालय र सर्वसाधारणका घरहरू जोखिममा परेका छन् । जोखिममा रहेका बस्तीका

संख्या कति छन तिनको एकिन भइनसकेको हुदा यस तर्फ सरकारको ध्यान जान जरुरी भएको सर्वसाधारणहरुको धारणा रहेको पाइएको छ । 

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.