Websoft University

पूर्वाञ्चल एकेडेमीद्वारा नयाँ विद्यार्थीहरुलाई स्वागत सँगै ल्यायो स्वास्थ्य परिक्षण कार्यक्रम

 


शिव भट्टराई,मोरङ असार  ४ गते । रातो तारा डट कम, मोरङको सुन्दरहरैंचा वार्ड नं ६ मा रहेको पूर्वाञ्चल एकेडेमीले इन्स्टलेसन साथै वेलकम कार्यक्रम सम्पन्न गरेको छ।स्कूल डाइरेक्टर भिम बहादुर राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पूर्वाञ्चल एकेडेमीका प्रिन्सिपल दिपेन राईको अध्यक्ष्यता रहेको थियो। कार्यक्रममा कक्षा नर्सरी देखि ९ सम्मका १०० भन्दा बढी नयाँ विद्यार्थीहरूलाई खादा ओढाएर मायाको चिनो दिई स्वागत गरिएको थियो।कार्यक्रममा स्कूल क्याप्टेन सबिन खत्रीले स्वागत मन्तव्य राखेका थिए भने नयाँ बिध्यार्थीहरुको तर्फबाट स्वस्तिका लिम्बूले धन्यवाद मन्तव्य राखेकी थिइन्।


शुक्रबार भएको सो कार्यक्रममा स्कुल क्याप्टेन, क्लास क्याप्टेन ,भ्वाईस क्याप्टेनहरुलाई ब्यज वितरण गर्नुको साथै कक्षाका विद्यार्थी सदस्यहरुलाई ब्याज तथा खादाले सम्मान गरि वर्ष भरी विद्यार्थीहरुको बिकासको लागि विभिन्न कार्यक्रम गर्नलाई महत्त्वपूर्ण कामको जिम्मेवारी दिइएको प्रिन्सिपल दिपेन राईले जानकारी दिएका छन्।


त्यसैगरी आउने आइतबार देखि मंगलवार सम्म ३ दिन बिद्यार्थीहरुलाई पढाईमा मात्र नभई स्वास्थ्य पनि विचार गरि स्वास्थ्य परिक्षण कार्यक्रम अन्तर्गत नर्सरी देखि १० सम्म अध्यनरत ८०० भन्दा बढी बिद्यार्थीहरुलाई आँखा परिक्षण कार्यक्रम गर्न लागिएको अध्यक्ष राईले बताएका छन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.