मोरङ असार ४ गते । रातो तारा डट कम,औषधि बिज्ञान जगतमा नयाँ नयाँ कार्यको थालनी र खोज अनुसन्धानको बिषयलाई लिएर शुक्रबार पुर्वान्चल बिश्वबिधालयमका कार्यशाला गोष्ठी सम्पन्न भएको छ। १ दिने कार्यशालामा २६ जना सिनियर फर्माशिष्ट सहभागिता रहेको उक्त कार्यशालाको आयोजना भने पुर्वान्चल बिश्वबिधालय मेडिकल एलाइड एण्ड साइन्स डीनको कार्यालयले गरेको थियो।
वर्कसप अन रिसेन्ट एडभान्सेज इन क्लिनिकल फार्मेसी प्रयाकटिस नाम दिएको उक्त कार्यक्रममा य़ूएई दुबईबाट अजाम बिश्वबिधालका डा. सुबिस पलायन, बिपी स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट डा. कादिर आलम तथा पुर्वाञ्चल बिश्वबिधालयका फार्मेसी बिभागका प्राध्यापक डा. काजीराम अधिकारी सहजीकरण गरेका हुन्।
औषधि बिज्ञानमा नयाँ कुराको जानकारी लिन र मुलक भित्र र मुलकबाहिर फर्मासीको भूमिका र महत्वको बारेमा जानकारी गराउदै ब्यबहारमा कसरी ल्याउन सकिन्छ भन्ने कुराको जानकारी दिएको सहभागी बरिष्ठ फर्माशिष्ट बिएन चौधरीले जानकारी दिए।
त्यसै गरि प्रदेश १ मै बि फार्मेसी र एम फार्मेसीको अध्ययन हुने ठाउँ भनेको पुर्वान्चल बिश्वबिधालय मात्र हो। नयाँ रोगहरु आउंदै जादै गर्दा नयाँ नयाँ औषधिहरु समेत पता लाग्दै जान्छ यसको लागि क्लिनिकल फार्मेसीको भूमिका र यस नबितम खोज अनुसन्धान हौसला पुगोस भनेर कार्यक्रमको आयोजना गरिएको पुर्वान्चल बिश्वबिधालयका सहायक डीन नबिन लामिछानेले जानकारी दिए।
उक्त कार्यशाला गोष्ठीमा प्रदेश १ भरिका बिभिन्न फार्मेसी विभागका प्राध्यापक, बिधार्थी लगयातको सहभागिता रहेको थियो।
Post a Comment