Websoft University

हिंसा न्यूनीकरणका लागि शसक्तिकरणको खाँचो


असार ६, काठमाडौं। रातो तारा डट कम,  सरोकारवालाहरुले कार्यस्थलमा हुने हिंसा न्यूनीकरणका लागि पत्रकार महिलाको शसक्तीकरणमा जोड दिनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघको महिला विभागले सोमबार गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले लिङ्गका आधारमा हुने विभेद अन्त्यका लागि पेशागत, आर्थिक, सामाजिक रुपमा समेत महिलाहरु आत्मनिर्भर हुनुपर्ने बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि तथा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष राजेन्द्र दाहालले पत्रकारिता क्षेत्रमा हुने लैङ्गिक हिंसाको एकिन तथ्य र तथ्याङ्क आउनेगरी अध्ययन अनुसन्धानको खाँचो औल्याउनुभयो । उहाँले कार्यक्षेत्रमा हुने पत्रकार महिलामाथि हुने हिंसाका विषयमा बहस सुरु हुनु सकारात्मक भएको बताउदै समस्या समाधानका लागि सबै पक्ष सचेतनापूर्वक लाग्नुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघकी पूर्व उपाध्यक्ष यशोदा तिम्सिनाले कार्यस्थलमा पत्रकार महिलाको सुरक्षा विषयमा कार्यकपत्र प्रस्तुत गर्दै पछिल्लो समयमा डिजिटल हिंसाका घटना बढेको बताउनुभयो । उहाँले समय अनुसार हिंसाका प्रकृतिहरु फरक परेको उल्लेख गर्दै सामाजिक सचेतना जगाउनुपर्ने खाँचो औल्याउनुभयो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालले जारी गरेको पत्रकार आचासंहिता पूर्णरुपमा कार्यान्वयन गरे हिंसाका घटना स्वत कम हुने उल्लेख गर्नुभयो । उहाँले कार्यक्षेत्रमा हुने हिंसा तथा असुरक्षाका सवालमा सम्पादकले दायित्व लिनुपर्ने भन्दै  सञ्चारगृहले कार्यक्षेत्रमा पत्रकार महिलाको सुरक्षाका लागि आन्तारिक निर्देशिका निर्माण गर्नुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले पत्रकारको सुरक्षाका लागि नेपाल पत्रकार महासंघले पत्रकार सुरक्षा निर्देशिका निर्माण गरेको बताउनुभयो । उहाँले उक्त निर्देशिका कार्यान्वयनमा आए कार्यस्थलमा पत्रकार महिलामाथि हुने हिंसाका घटनामा न्यूनिकरण हुनेबताउनुभयो ।

महासंघकी उपाध्यक्ष तथा  महिला विभाग संयोजक बाला अधिकारीले पछिल्लो समय पत्रकार महिलामाथि कार्यक्षेत्रमा भएका हिंसाका घटनाहरु सार्वजनिक भइरहेको र मौखिक तथा लिखित उजुरी महासंघमा आउन थालेको बताउनुभयो । उहाँले पत्रकारको न्यायका लागि महासंघले निशुल्क कानुनी सहायता दिने भन्दै कुनै पनि हिंसामा परेका पत्रकारले महासंघमा जानकारी दिन समेत आग्रह गर्नुभयो ।

 महासंघका महासचिव रोशन पुरीले कार्यक्षेत्रमा रहाँ कुनै पनि पत्रकारलाई हिंसा भएको खण्डमा महासंघमा उजुरी दिन आग्रह गर्नुभयो । उहाँले पत्रकारमाथि हुने कुनैपनि हिंसाका घटनामा महासंघले निशुल्क कानुनी सहायता उपलब्ध गराउने बताउनुभयो ।

नेपाल पत्रकार महासंघकी सल्लाहकार निर्मला शर्माले पत्रकारितामा क्षेत्रमा लागेका महिलाहरु लामो समय सम्म पेशामा टिकिरहनु चुनौतीपूर्ण रहेको बताउनुभयो । उहाँले भएका ऐन नियम पूर्ण कार्यान्वयन गर्न सके हिंसाका घटनामा कमी आउने बताउनुभयो ।

कार्यपत्रमाथि टिप्पणी गर्दै पत्रकार राधा चालिसेले महिलाका मुद्दामा पत्रकारका संघ संगठनहरु एक ठाउमा उभिएर महिलाका मुद्दामा कार्यतालिका नै बनाएर नियमित छलफल गर्नुपर्ने बताउनुभयो । पेशागत, आर्थिक तथा भौतिक विषयमा महिलाहरु आत्मनिर्भर हुन सके हिंसाका घटनाहरु कम हुन सक्ने बताउनुभयो ।

कार्यस्थलमा हुने हिंसा र त्यसको कानूनी उपचार बारे कार्यपत्र प्रस्तुत गर्दै अधिवक्ता विष्णुकुमार गिरीले गर्भावस्थादेखि नै महिलामाथि हिंसा सुरु भएको उल्लेख गर्नुभयो । उहाँले नेपालमा भएका कानुन कार्यान्वयनका लागि पिडीतहरुपनि सक्रियरुपमा अगाडी आउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सञ्चारिका समुहकी अध्यक्ष बिमला तुम्खेवा, श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष जन्मदेव जैसी, पत्रकार दिपा दाहाल, विष्णुमाया पौडेल लगायतले धारणा राख्नुभएको थियो । कार्यक्रमको पत्रकार निशा ओलीले सहजीकरण गर्नुभएको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.