Websoft University

प्रेस विज्ञप्ति-विराटनगर विमानस्थल पीडित संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय र मुख्यमन्त्रीको कार्यालयलाई सात दिनको अल्टिमेटम बुझायो विराटनगर विमानस्थल पीडित


बिराटनगर असार ६ गते । रातो तारा डट कम, बिराटनगर विमानस्थल पीडित संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय र मुख्यमन्त्रीको कार्यालयलाई सात दिनको अल्टिमेटम बुझायो 


विराटनगर विमानस्थल पीडित   संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय र मुख्यमन्त्रीको कार्यालयलाई सात दिनको अल्टिमेटम दिएको आज पुरा भएको छ । यो विचमा विमानस्थल पीडितहरुलाई मुआब्जा अथवा रोक्का राखिएको जमिन फिर्ता बिषयमा उहाँहरुबाट ठोस उपलब्धि प्राप्त हुने सकेन ।

दुवै निकायले माथि लेखेर पठाउने बाहेकका अन्य काम नभएकाले हामी भोली अर्थात असार ७ गते देखी आन्दोलनमा उत्रन बाध्य भएका छौं । पहिलो चरण अन्तरगत हामीले तपशिल बमोजिमको सडक संघर्षको कार्यक्रम घोषणा गरेका छौं । 

२०७९ असार ७ गते विहान ११ बजेदेखी १ बजे सम्म विराटनगर विमानस्थलको चेम्बर गेटमा धर्ना दिने । 

८ र ९ गते पनि दैनिक सोही समयमा चेम्बर गेटमा धर्ना दिने । 

असार १० गते जग्गा प्राप्ती ऐन २०३४ मा सरकारले चाहेमा जग्गा अधिग्रहण गर्न सक्ने व्यावस्था छ तर कति समय भित्र मुआब्जा दिइसक्ने अथवा रोक्का जमिन फुकुवा गर्ने भन्ने ऐनमा ब्यावस्था नभएकाले विभेदकारी ऐन जिल्ला प्रशासन कार्यालय अगाडी जलाउने र ऐन परिमार्जन गर्न दबाब दिने ।

असार ११ गते पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेले पीडितसंग ज्ञापन पत्र बुझेर मुआब्जाको बजेटको ब्यावस्था गर्छु भन्ने बाचा गरेका थिए । तर एक जना ब्यापारी उद्योगीको बहकाउमा लागेर अमडुवामा विमानस्थल सार्ने जस्तो हावादारी कुराको पछि लागेर जनतालाई दुख दिएकाले उनको पुत्ला दहन मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडी गर्ने । 

प्रमुख राजनीतिकदलहरुलाई हाम्रो आन्दोलनलाई समर्थन र अपनत्व ग्रहण गरिदिन पत्राचार गर्ने र ‘विराटनगरको विकास र अधुरा योजनाहरु’ शिर्षकमा शिर्षस्थ नेताहरु सित अन्तरक्रिया कार्यक्रम गर्ने । 

पहिलो चरणको आन्दोलनको कार्यक्रम सम्पन्न भएपछि दोश्रो चरणको कडा आन्दोलनको कार्यक्रम घोषणा गर्ने । 

विराटनगर विमानस्थल पीडित संघर्ष समितिको अगुवाईमा भएको विरोध कार्यक्रममा संचारकर्मी मित्रहरुले गर्नु भएको सहयोग प्रति कृतज्ञ छौं । साथै आन्दालनको कार्यक्रममा पनि उत्तिकै सहयोगको अपेक्षा गरेका छौं । धन्यवाद 

अध्यक्ष 

वेदराज पौडेल

विराटनगर विमानस्थल पीडित संघर्ष समिति 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.