Websoft University

एक टन भन्दा बढी अवैध चिनीसहितको गाडी र मानिस पक्राउ


काठमाडौ जेठ ३० गते। रातो तारा डट कम,  सैनमैना नगरपालिका  वडा नं १० भच्कैया स्थितको सडकमा यस ई।प्र।का। सालझण्डी प्रमुख प्र।नि जगन्नाथ मरासिनीको कमाण्डमा खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा जि. अर्घाखाँची, पाणिनी गा।पा वडा नं २ ठेगाना भएको बर्ष २२ को मिन बहादुर रास्कोटीले चलाई

सालझण्डीबाट पाल्पातर्फ जाँदै गरेको  लु ३ च ११३३ नम्वरको बलेरो पिकअपमा भन्सार राजश्व छली ल्याई ओसारपसार गर्दै गरेको अवस्थामा ८०० केजी चिनि (८ क्विन्टल) फेला पारी निज चालकलाई उक्त चिनीबारे सोधपुछ गर्दा उक्त चिनी जि।रुपन्देही कञ्चन गा।पा वडा नं १ हात्तिबजार स्थितमा रहेको सुमन पन्तले सञ्चालन गरेको आरति किराना पसल तथा सावित्री ट्रेडर्सबाट ल्याएको हुँ भनि बताए पश्चात आरति किराना पसलमा गई खानतलासी गर्दा  भन्सार छलि गरी लुकाई राखिएको अवस्थामा ३०० केजि (३ क्विन्टल) चिनी  गरि जम्मा २२ वटा बोरामा रहेको ११०० के।जी चिनि (११ क्विन्टल) अं। मुल्य रु। १,०१,२००।–(एक लाख एक हजार दुई सय रुपैया), ५ के।जि र १ के।जि का प्याकेटमा प्याकिङ गरिएको अवस्थामा रहेको १३७ केजी क्ष्ल्म्क्ष्ब् न्ब्त्भ् बास्मती चामल अं मुल्य रु २६,७१५।–(छब्बिस हजार सात सय पन्ध्र)  र लु ३ च ११३३ नम्वरको बलेरो पिकअप अं मुल्य रु २०,००,००० .( बिस लाख रुपैयाँ) गरी जम्मा रु २१,२७,९१५ । एक्काईस लाख सत्ताईस हजार नौ सय पन्ध्र  बराबरको गाडि सहितको सामान र २ जना मानिस समेत नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागी आन्तरिक राजश्व अनुसन्धान कार्यालय बुटबलमा पठाईएको ।

 र सोहि किराना पसलको स्टोरमा खानतलासी गर्ने क्रममा म्याद गुज्रिएका ३२ प्याकेट  चाउचाउ, ६०० मि।लि परिणामका  बोतल ४ समेत फेला पारेकोमा सो समेत बरामद गरी स्थानिय जनप्रतिनिधी, स्थानिय र सञ्चारकर्मीको रहोबरमा आज मिति २०७९र०२र३० गते यस कार्यालयको परिसरमा नष्ट गरिएको ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.