Websoft University

कीर्तिपुरको फोहोर एनआरएनएले कोरियन प्रविधिबाट व्यवस्थापन गर्ने


काठमाडौं । रातो तारा डट कम,गैरआवासीय नेपाली संघ ९अन्तराष्ट्रिय समन्वय परिषद० ले कीर्तिपुरमा कोरियन प्रविधिबाट फोहोर व्यवस्थापन गर्ने भएको छ । सोमबार किर्तिपुर नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मी र एनआरएन ९आई।सी।सी।का अध्यक्ष विनोद कुँवरको टोलीबीच फोहोर व्यवस्थापनको विषयमा पालिका कार्यालयमा छलफल भएको छ । सो छलफलमा दुबै पक्ष सकारात्मक रहेको संघकी महासचिव जानकी गुरुङले बताएकी हुन् ।

नेपालमा देखापरेको फोहर बिसर्जनका समस्याहरुलाई न्यूनिकरण गर्न र त्यसलाई अधुनिक प्रविधिबाट प्रशोधन गरी उपयुक्त व्यवस्थापन गर्न नगरपालिकासँग समन्वय गर्न तयार रहेको र त्यस कार्यमा मेयर नकर्मी सकारात्मक भएको संघका अध्यक्ष कँुवारले बताए ।

अध्यक्ष कुँवरले कोरियन सरकारले फोहोर समस्या नभएर त्यसको सदुपयोगबाट मोहर कमाएको उत्कृष्ट नमुना नेपालमा पनि प्रयोग गर्न चाहेको बताउँदै भने, “हामीलाई सरकारले आवश्यक जग्गा, जनताको घरघरमा व्यवस्थित डस्वीन र जनचेतनासतिको वातावरण दिएमा फोहोरबाट सुन फलाउन तयार छौं ।”

गैर आवासीय नोपलीहरु नेपालमा फोहोरदेखि ठूला उद्यौगिक क्षेत्रमा लगानी गरेर जनतालाई प्रशस्त रोजगारी, सरकारलाई राजश्व र देशलाई स्वर्ग बनाउन तयार रहेकोले सरकारले त्यसका लागि लगानीमैत्री वातावरण गरिदिनुपर्ने धारणा समेत राखे । नगरप्रमुख नकर्मीले नगरलाई स्वच्छ र नागरिकलाई रोजगारी दिनसक्ने उत्साहित र देशप्रेमी जोकोही नेपालीलाई सकेजति सहयोग र सहकार्य गर्नआफू र आफ्नो टिम तयार रहेकोबताए ।

सो कार्यक्रममा नगरप्रमुख नकर्मीको कार्यकक्षमा भएको छलफलमा एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद् ९आईसीसी०की महासचिव गुरुङ, युरोप क्षेत्रका संयोजक उल्का घिमिरे र एनआरएन सेकेण्ड जेनेरेसन एम्बेस्डर दिपेश खत्री पनि सहभागि रहेको छलफलले नगरप्रमुखसँग केहिदिनमा आर्को छलफलबाट कार्यको टुङगो लगाउने बताएएको छ । संघका अध्यक्षको टालीले नवनिर्वाचित नगरप्रमुख नकर्मीलाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना दिँदै गैरआवसीय संघको राम्रो काममा साथ रहने प्रतिबद्धतासेमेत व्यक्ति गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.