Websoft University

देश बनाउनु छ भने युवाहरु अगि आउ,यि बुडाखाडा नेताबाट किसानलाई मल पनि आउदै,देश पनि बन्दै,


काठमाण्डौ जेठ ३१ गते । रातो तारा डट कम, अहिले प्रतिनिधि सभा, सदन चालुरहेकै बेला सरकारले नेपालमै अर्गानिक मल खाध उधोग बनाउने कुरा उठाउनुको अलवा अनेक कुरा उठाएर समय खेर पारिरहेका छन । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्यमा आएको उतारचढावका कारण समयमै मल भित्¥याउन नसकिएको   जस्ता भ्रामक तर्क दिन समेत सदनमा भ्याइसकेका छन । प्रतिनिधिसभाको बैठकमा स्थगन प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले कृषि सामग्री कम्पनी लिमिटेडले एक लाख पाँच हजार मेट्रिक टन र साल्ट ट्रेडिङ कम्पनीले एक लाख १७ हजार मेट्रिक टन रासायनिक मल ल्याउने प्रकृया सुरु गरिए पनि समयमै ल्याउन नसकिएको भन्दै लम्पसार भएका छन । देश बनाउनु छ भने कृषक जनताहरुले युवाहरुलाई अगि सर्नुपर्यो ? अवको चुनाबमा युवाहरु अगि आउनु पर्छ, यी बुडा भ्रष्ट्र नेता सत्ताबाटै हटाउ अभियान नेपालमा युवाहरुले छिटो चलाउनु पर्यो । यहा हेर्नु होस त किसानहरु दुई लाख २२ हजार मेट्रिक टन मल ल्याउने प्रकृयामै रहे पनि समयमै आपूर्ति हुन नसक्दा बजारमा अभाव देखिएको भनेर लाज छोप्ने काम मन्त्रीले सदनमै गरिराको छ । समयमै मल आपूर्ति नगर्ने ठेकेदारको ठेक्का रद्द गरी आवश्यक कारवाहीको प्रकृया सुरु गरिएको उहाँको भनाइ रहेको छ । 

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.