Websoft University

डा.सुनिल शर्माद्वारा सञ्चालित ‘एम्बुलेन्स क्याम्प’ बाट १५ सय बिरामीले पाए गाउँमै निःशुल्क उपचार


विराटनगर, ३० जेठ । रातो तारा डट कम, विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माद्वारा सञ्चालित ‘एम्बुलेन्स क्याम्प’ बाट विगत दुई साताको अवधिमा मोरङको क्षेत्र नं.३ का एक हजार पाँच सय बिरामीले गाउँमै निःशुल्क उपचार पाएका छन् । नोबेल अस्पतालमार्फत डा.शर्माले बेलबारी, सुन्दरहरैचा र पथरीशनिश्चरे नगरपालिका तथा कानेपोखरी गाउँपालिकामा ‘एम्बुलेन्स क्याम्प’ सञ्चालन गराइरहेका हुन् ।


डाक्टरसहितको टोली एम्बुलेन्समा जाने र गाउँका विरामीको खोजीखोजी उपचार गर्ने गरिएकाले एम्बुलेन्स क्याम्प नाम दिइएको हो । हरेक दिन दुई टोली डाक्टरहरु टोलटोलमा पुगेर त्यहाँ रहेका बिरामीहरुको उपचार गर्ने गरेका छन् । भिडियो एक्सरे, ल्याब टेष्ट र इसीजी गर्ने साधनसहित डाक्टरहरु गाउँगाउँमा जान्छन् र विरामीको उपचार गर्ने गर्छन् । उपचार बापत विरामीले कुनै शुल्क तिर्नु पर्दैन । डा.शर्माले नै निःशुल्क उपचारको व्यवस्था मिलाइदिएका हुन् ।

सो टोलीले गाउँगाउँमा पुगेर दुई साताको अवधिमा १ हजार ५ सय ६३ जना बिरामीको निःशुल्क उपचार गरेको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहाललेजानकारी दिए । उनका अनुसार एम्बुलेन्स शिविरमा स्वास्थ्य परीक्षणका क्रममा २९८ जनाको मुटुको जाँच (इसीजी), ३२५ जनाको रगत परीक्षण र ३४३ जनाको भिडियो एक्सरे गरिएको छ । दाँतमा समस्या भएका ९७ जनाको दाँत खोलिएको छ । एम्बुलेन्स शिविरमा उपचार सम्भव नभएका ५३३ विरामीलाई नोबेल अस्पताल ल्याएर पनि उपचार गरिएको छ ।

अस्पताल आउँनुपर्ने विरामीलाई नोबेलकै बसमा आउँने–जाने सुविधा छ । शिविरमा उपचार सम्भव नभएर नोबेल आई उपचार गराउँनेलाई ५० प्रतिशत छुटमा उपचारगर्ने गरिएकोछ । ग्रामीण क्षेत्रका बिपन्न विरामीलाई स्वास्थ्य उपचार सेवा उपलब्ध गराउँने डा.शर्माको योजना अनरुप यसअघि पनि नोबेलले गाउँ–गाउँमा शिविर सञ्चालन गर्दै आएको थियो । अहिले अझै टोल–टोलमा डाक्टर पठाएर निःशुल्क उपचार सेवा प्रदान गरिएको हो ।

आफ्नो ठाउँका मान्छेलाई सकेको सहयोग गरौं भन्ने सोचले निःशुल्क उपचारको व्यवस्था मिलाइदिएको डा.शर्माबताउँछन् । उनी भन्छन्, ‘सबैसँग उपचार गर्ने पैसा नहुँन सक्छ, पैसा नहुँदा रोग पालेर बस्नुपर्ने वाध्यता हुन्छ, मेरो ठाउँमा त्यस्तो समस्या नहोस् भनेर निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइदिएको हुँ ।’ बेलबारी–४ स्थायी घर भएका डा.शर्मा नेपाली कांग्रेसका नेतासमेत हुन् । गत प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका डा.शर्मा चुनाव हारेर पनि निरन्तर जनताको सेवामा सक्रिय छन् । जसका कारण सो क्षेत्रमा उनको लोकप्रियता बढेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.