Websoft University

बालबालिकालाई कोरोनाविरुद्धको खोप आज बाट लगाउने


काठमाण्डौ असार ९ गते । रातो तारा डट कम, ५ देखि १२ वर्ष मुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोप सरकारले आजबाट लगाउने भएको छ । देशभरका झन्डै ३९ लाख बालबालिकालाई दुई चरणमा कोरोनाविरुद्धको फाइजर खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

अमेरिकी सरकारले उपलब्ध गराउने फाइजरको झन्डै २२ लाख मात्रा खोप, कोभ्याक्स सुविधामार्फत् गाभीको समन्वयमा नेपाल आइपुगेकोले खोप अभियान विद्यालय तहमै सञ्चालन हुने भएको हो । सरकारले पहिलो चरण अन्तर्गत २७ जिल्लामा खोप अभियान सञ्चालन गर्न लागेको पनि जनाएको छ । 

पहिलो चरणको खोप अभियान अन्तर्गत असार १५ गतेसम्मम पहिलो मात्रा खोप लगाइने छ भने साउन २ गतेदेखि ८ गतेसम्म दोस्रो मात्रा खोप लगाइने छ । यस्तै बाँकी रहेका ५० जिल्लामा भदौ ५ गतेदेखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ गतेदेखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप लगाइने मन्त्रालयले जानकारी गराएको हो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.