Websoft University

सुन्दरहरैंचामा नेपाल कम्प्युटर सेन्टरको एक दिवसीय विद्यार्थी उत्प्रेरणा कार्यक्रम उद्दघाटन


मोरङ । रातो तारा डट कम,  मोरङको सुन्दरहरैंचा ७ स्थित गोठगाउँ मा रहेको नेपाल कम्प्युटर सेन्टरले विशेष एस ई ई दिएर बसेका विद्यार्थीहरूका लागि क्षमता अभिवद्धिको लागि एक दिवसीय विद्यार्थी उत्प्रेरणा कार्यक्रम तथा कम्प्युटर तालिमको समुद्घाटन गरिएको छ। उक्त समुद्घाटन कार्यक्रममा ज्ञान ज्योति इंग्लिस स्कूलका प्रिन्सिपल देवी सिटौलाको प्रमुख आतिथ्यता रहेको थियो भने नेपाल कम्प्युटर सेन्टरका सञ्चालक सम्भु राईको अध्यक्षता रहेको थियो।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिटौलाले एसईई दिएर कम्प्युटर सिक्दै गरेका विद्यार्थीहरुलाई आगामी शैक्षिक मार्ग, सिक्नुपर्ने सीप, संस्कार र प्रविधिको बारेमा    बताउँदै कम्प्युटर सेन्टरलाई आगामी दिनमा साथ र सहयोगको प्रतिबद्घता गरेका थिए।


नेपाल कम्प्युटर सेन्टरले विगत २०६९ साल देखि नै कम्प्युटर सम्बन्धी तालिम तथा ट्युसन कक्षाहरू संचालन गर्दै आएको अध्यक्ष राईले बताएका छन्।


ज्ञान ज्योति इंग्लिस स्कूलको सभाहलमा भएको कार्यक्रममा विभिन्न विद्यालयका शिक्षकहरू खेम राज बास्तोला, खगेन्द्र घिमिरे, रोशन कार्कीको उपस्थिति रहेको थियो। जयन्द्र भट्टराईको स्वागत मन्तव्य सहित सुरु भएको कार्यक्रममा नेपाल कम्प्युटर सेन्टरले यस वर्षको वेस्ट टाइपिष्ट , वेस्ट मेल रनर, वेस्ट फिमेल रनर, हाजिरजवाफ, मिस एनसिसि, एनसिसी टिकटक स्टारलाई प्रतिस्पर्धा मार्फत विद्यार्थी प्रतिस्पर्धीहरूलाई प्रोत्साहन स्वरुप पुरस्कारकाे घोषणा समेत गरिएको थियो।त्यसैगरी यस सेन्टरले प्रशिक्षार्थीलाई कलेज भ्रमणमा लानुको साथै पर्यटकीय क्षेत्रको भ्रमणमा पनि लगिने सञ्चालक राईले बताएका छन्। सो कार्यक्रम माधव घिमिरेले सञ्चालन गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.