Websoft University

५० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्ताको महशुल छुट गराउँछु ः कोइराला


विराटनगर । रातो तारा डट कम, नेपाली कांग्रेस विराटनगरका मेयरका उमेदवार नागेश कोइरालाले आफू विजयी भए ५० युनिटसम्म विद्युत महशुल मिनाहा गरिदिने बताएका छन् । 

नेपाली कांग्रेस वडा नम्बर विराटनगर १२ समितिले आज आयोजना गरेको घरदैलौ कार्यक्रममा कोइरालाले विपन्न र ५० युनिटसम्म विद्युत खपत गर्ने महानगरबासीको महशुल मिनाहा हुने बताए । 

उनले भने,“मेयरमा विजयी भएर आएँ भने ५० युनिटसम्म विद्युत खपत गर्नेहरुको शुल्क महानगरले व्यवस्थापन गरिदिने छ । यसको लागि स्पष्ट खाका र कार्यक्रम तय गरिने छ ।” 

उनले प्राईभेट सरह सुविधा दिने अस्पताल संञ्चालन गरेर नगरवासीलाई स्वास्थ्य सेवा उपलब्ध गराउने दावि गरेका छन । नगर अस्पताल आफ्नो डिम प्रोजेक्ट रहेको बताएका छन । 

उनले आज विराटनगरका वडा नम्बर १, ३, ४, ५ र १२ नम्बर वडाका स्थानीयसँग अन्तरक्रिया र घरदैलो कार्यक्रमगरेकाछन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.