Websoft University

धरान वडा नं. १२ मा अन्तरघात गर्ने ३ जना कांग्रेस नेतालाई कारबाही,तिनैजना नेताहरुलाई पार्टीबाट आजीवन बहिस्कार


धरान जेठ २४ गते । रातो तारा डट कम, धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार हराउन लागिपर्ने नेताहरुलाई कारबाहीको प्रकृया अगाडी बढाईने भएको छ । धरान १२ नम्बर वडा समितिको जेष्ठ २३ गतेको बैंठकले पार्टीका उम्मेदवार हराउन लागिपर्ने ३ नेतालाई कारबाहीको सिफारिस गरेको हो । 

गत बैंसाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा धरान १२ मा वडाध्यक्षका उम्मेदवार बिष्णु तामाङ पराजीत भए । उनको पराजयमा कांग्रेस सुनसरी क्षेत्र नम्बर १ (क) प्रदेश क्षेत्रीय उपसभापती प्रदिप शाक्यले भुमीका खेलेको बैंठकको निष्कर्ष छ । शाक्य सहित प्रदेश क्षेत्रीय सदस्य एकराज राई र महाधिवेशन प्रतिनिधि निर्मला शाक्यले समेत कांग्रेस उम्मेदवार हराउन लागि परेको बताईएको छ । 

वडाध्यक्षका प्रत्यासी उमेरदार विष्णु तामाङ र वडा सभापती सरोज भट्टराईले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै कारबाही र बहिस्कार बारे जानकारी गराएका छन् । पार्टीका उम्मेदवारलाई हराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै तिनैजना नेताहरुलाई पार्टीबाट आजीवन बहिस्कार गरिने विज्ञप्तीमा उल्लेख छ । त्यससंगै अनुशासनको कारवाही स्वरुप साधारण सदस्य समेत नरहने गरी निलम्बनको माग सहित केन्द्रीय समितिमा सिफारिस गरिएको छ । 

१२ नम्बर नेपाली कांग्रेसका नेता तथा मेयरका प्रत्यासी उमेरदार किशोर राईको वडा हो । पार्टीबाटै अन्तरघात भएर चुनावमा पराजीत हुनुपरेको उनले बताएका छन् । अहिले कारबाहीको सिफारिसमा पर्ने नेताहरु यसअघि पनि पार्टीका नेतालाई पराजीत गर्न लागिपरेको उनको भनाई छ । खुलेरै अन्तरघात गरेपछि कारबाही गर्न बाध्य भएको उनले प्रष्ट पारे । 

धरानमा यसअघिनै ६ नम्बरमा कांग्रेस उम्मेदवार पराजीत भएको भन्दै २९ जनालाई कारबाहीको सिफारिस गरिएको थियो । पार्टीका बागि उम्मेदवा।लाई सघाएको भन्दै कारबाहीको माग भएको हो । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.