Websoft University

मन्त्रीपरिषद हेरफेर पछि उपप्रधानमन्त्रीसहित नारायणकाजी श्रेष्ठलाई गृहमन्त्री हुने


काठमाण्डौ जेठ २८ गते । रातो तारा डट कम, नेकपा एकीकृत समाजवादीले आफूले सिफारिस गरेका मन्त्रीको चाँडो शपथ ग्रहण गराउन प्रधानमन्त्रीलाई दवाव दिन थालेको छ । नेकपा एसले सिफारिस गरेका मन्त्रीहरू सपथ ग्रहणको समय कुरेर बसेका छन् । तर, प्रधानमन्त्री शेरबहादुर देउवा भने संसदबाट बजेट पारित भएपछि मात्रै मन्त्रिपरिषद् पुनर्गठनको पक्षमा देखिनुभएको छ । नेकपा एसका मात्र नभएर अन्य दलमा पनि मन्त्रीहरू फेर्ने गरी छलफल भइरहेको छ । बजेट पारित भएपछि अर्थमन्त्री समेत फेर्ने सहमति शिर्ष तहमा भएको छ । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई उपप्रधानमन्त्रीसहित अर्थमन्त्रालयको जिम्मा दिने तयारी भइरहेको बताइएको छ । अर्थमन्त्रालय काँग्रेसले नै राख्न दातृ निकायले समेत सुझाव दिएपछि कार्कीलाई जिम्मा दिन लागिएको हो । त्यस्तै अर्थमन्त्रालय काँग्रेसले लिएपछि गृहमन्त्रालय माओवादीको भागमा पर्ने देखिएको छ । माओवादीबाट पनि उपप्रधानमन्त्रीसहित नारायणकाजी श्रेष्ठलाई गृहमन्त्री बनाउने तयारी भएपनि ठोस निर्णय भने भइसकेको छैन । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.