Websoft University

श्री रघुपति जुट मिल्स लि. को. हिरक जयन्तिको उपलक्ष्यमा गरिएका विविध कार्यक्रमहरु


बिराटनगर २०७९ जेठ २२ गते । रातो तारा डट कम,नेपाल कै ऐतिहासिक वि.सं. २००३ साल भाद्र–७ गते स्थापन भएको श्री रघुपति जुट मिल्स लि. ले आफ्नो स्थापनाको ७५ औं वर्षको उपलक्ष्यमा विभीन्न कार्यक्रमसहित हीरक जयन्ती (२०७८) मनाउदै आएको छ ।

सोही अवसरमा मिति २०७९ साल जेष्ठ २१ गते शनिवारका दिन नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद वडूले विराटनगर रानी स्थित मिल्स हातामा उद्योगको क्षमता वृद्धिको लागि थप गर्न लागिएको भवनको शिलान्यास गर्नु भयो । त्यसै गरी उद्योग हातामा विभीन्न जातको विरुवा रोपी वृक्षारोपण गर्नु भयो ।

यसै बीच एक समारोह वीच माननीय उद्योग वाणिज्य तथा मापूर्ति मन्त्री ज्यूबाट अर्गनाइजेसन अन्तर्गत हनुमान इण्डष्ट्रिज प्रा.लि.मा ५८ वर्ष अघिदेखिको सेवा र श्री रघुपति जुट मिल्स लि. मा सञ्चालक श्री मोहनलाल राखेचा एवं ५१ वर्ष देखि निरन्तर मेट (जुट पहिचानकर्ता ) पदमा कार्यरत मो जफ्फर लाई दोसल्ला ओढाई सम्मान–पत्रद्वारा सम्मान गरियो । यस अवसरमा माननीय मन्त्रिज्यूबाट उद्योगको निरिक्षण गर्नुका साथै समग्र उद्योगको विकास र हितका लागि सरकार प्रतिवद्ध रहेको वताउनुभयो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह–सचिव डा. नारायण रेग्मी, उप–सचिव दूर्गा भूसाल, नेपाल उद्योग वाणिज्य महासंघ १ नं. प्रदेशका अध्यक्ष टिकाराज ढकाल, उपाध्यक्ष एवं प्रदेश सरकार सल्लाहकार राजेन्द्र राउत, नेपाल जुट उद्योग संघका अध्यक्ष एवं श्री रघुपति जुट मिल्स लि. का. संचालक राजकुमार गोल्छाले मन्तब्य राख्नुभएको थियो । 

कार्यक्रममा नेपाल जुट उद्योग संघका उपाध्यक्ष रमेश राठी, श्री रुघुपति जुट मिल्सका संचालक अश्विनी गोल्छा, लगायतको उपस्थिति रहेको थियो । 

संलग्न

कार्यक्रममा खिचिएका केही तस्वीरहरु

श्याम कुमार आचार्य

प्रवन्धक


   


 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.