Websoft University

खोटाङका यूवा नेता जीवन कुमार जेष्ठको उपचारको क्रममा मृत्यु


श्याम राई उदयपुर  गाईघाट २२ जेष्ठ । रातो तारा डट कम, राष्ट्रिय प्रजातन्त्र पार्टि खोटाङका यूवा नेता जीवन कुमार जेष्ठको उपचारको क्रममा आईतवार विहान काठमाण्डौमा मृत्यु भएकोछ । दिक्तेल बजार स्थित रत्नपार्कमा शक्रवार दिउसो मोटरसाइकलको ठक्कर बाट गम्भिर रुपमा घाइते श्रेष्ठको उपचारको क्रममा काठमाण्डुको बासवारी स्थित न्यूरो अस्पतालमा मृत्यु भएको राप्रपाका यूवा नेता गोपि ढकालले बताए । आमा विष्णुमाया राई लाई  लिएर दिक्तेल बजार ल्याउदै गर्दा प्रदेश ्र१,०–५००१प ६८३७ नम्वरको मोटरसाइकलले रत्नपार्क अगाडीको सपिङ कम्प्लेक्स नजिक उनलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्कर बाट गम्भिर घाइते श्रेष्ठ लाई सोही दिननै हेलिकप्टर मार्फत काठमाण्डौ उपचारको लागी लगीएको थियो । जिल्लामा लामो समय देखी राप्रपा बाट राजनीती गर्दै आएका श्रेष्ठले गत स्थानिय चुनावमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका थिए । तर उनी पराजीत भएका थियो । विगत १५ बर्ष देखी राप्रपा खोटाङका अधक्ष्य रहेका श्रेष्ठ सामाजिक अभियन्ताको रुपमा समेत जिल्लामा चिनिएका थिए । ५६बर्षिय श्रेष्ठकीे श्रीमती, एक छोरा र दूई छोरी रहेकाछन् । श्रेष्ठलाई ठक्कर दिने मोटरसाइकल र चालक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफयाङका १७ बर्षिय अभिषेख राई लाई प्रहरीले पक्राउ गरेको खोटाङ प्रहरीले जनाएको छ । श्रेष्ठको शव महाराजगञ्ज स्थित शिक्षण अस्पतालमा पोष्मार्टम पछि दिउसो पशुपती आर्यघाटमा अन्त्येष्टि गरीने ढकालले बताए ।

मृतक श्रेष्ठको फोटो सहित 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.