Websoft University

यात्रुहरु लाई उद्धार


गाईघाट –२०जेष्ठ । रातो तारा डट कम,खोलामा आएको बाढीले सुमो गाडी सहित यात्रुहरुलाई बगाएकोमा स्थानिय बासिन्दाहरुले उद्धार गरी दूर्घटना हुन बाट बचाएकाछन् । उदयपुरको चौढण्डीगढी नगरपालिका–१० स्थित हडिया खोलामा आएको बाढीले शुक्रवार विहान ना १ ज ८१०६ नम्वरको सुमोलाई बगाएको थियो । झण्डै ५० मिटर तल सम्म बाढीले बगाएर पछि तत्काल स्थानिय र प्रहरीको सक्रियतामा गाडी भित्रका यात्रुहरु लाई उद्धार गरीएको थियो । शिवाई देखी काठमाण्डौ जादै गरेको उक्त सुमो गाडी भित्र एक जना बालक सहित चार जना यात्रुहरु थिए ।  विहान खोलाको बालुवामा गाडी फसेको बेला अचानक आएको  बाढीले गाडीलाई बगाएको हडियाका आनन्ददेव चौधरीले बताए । गाडी बगाएको देख्ने वित्तिकै तत्काल गाउलेहरु र प्रहरी भेला भएर सवै  यात्रुहरुको सकुशल उद्धार गरीएको उनले बताए । गाईघाट –फत्तेपुर सडक खण्ड अन्र्तगत पर्ने हडिया खोलामा पुल नहुदा बर्षादमा स्थानियले सास्ती व्योहोर्दै आईरहनु  परेको हडियाका पूर्व जनप्रतिनिधि अर्जुन दाहालले बताए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.