Websoft University

विराटनगरको नाला सफाइमा मेयर कोइरालाको चासो वर्षा सुरु हुनुअगावै सबै नाला सफा गर्न निर्देशन


विराटनगर जेठ २० गते । रातो तारा डट कम, विराटनगर महानगरपालिकाले नाला सफा गर्ने कार्यलाईतीव्रता दिएको छ । यसपटकको वर्षामा विराटनगरलाई डुबानमुक्त बनाउने लक्ष्यका साथ नाला सफा गर्ने कार्यलाई तीव्रता दिएको महानगरले जनाएको छ ।  


पहिलो चरणमा ठूला नाला सफा गर्ने र त्यसपछि साना नाला सफा गर्ने गरी काम सुरु गरेको महानगरले जनाएको छ । मेयर नागेश कोइरालाले वर्षा सुरु हुनु अगावै विराटनगरका सबै नाला सफा गर्न दिर्नेशन दिएका छन् । उनले नाला सफा गरिरहेको स्थलमै पुगेर निरीक्षणसमेत गरेका छन् । मेयर कोइरालाले कार्यस्थलमै रहेका सरसफाई शाखाका प्रमुख हिरालाल यादवलाई जतिसक्दो चाँडो महानगर क्षेत्रका सबै नाला सफा गर्न निर्देशन दिएका हुन् । “अरु म केही जान्दिन वर्षा सुरु हुनु अगाडि नै विराटनगरका सबै नाला सफा हुनु प¥यो,” मेयर कोइरालाले भने, “यसपटक पूरै नसके पनि डुबान समस्या आधा कम गर्ने लक्ष्य छ, अर्को वर्ष स्रोत साधन जुटाएर महानगरवासीलाई सधैंकालागिडुबानबाटमुक्त गर्ने योजनाछ ।” 

कोइरालाले चुनावी घोषणापत्रमै आफूले विराटनगरलाई डुबानमुक्त गर्ने प्रतिबद्धता जनाएको स्मरण गर्दै यसपटक विराटनगरवासीले विगतमा जस्तो डुबान समस्या व्यहोर्न नपर्ने प्रस्ट्याए । हरेक वर्ष बाढी र डुबानका कारण विराटनगरवासी पीडित हुँदै आएका छन् । विराटनगरको वडा नम्बर ६ स्थित केशलिया रोडको नाला सफा गरिएको छ । नाला सरसफाई सुरु भएपछि स्थानीयवासीसमेत खुसी देखिएका छन् । विराटनगरलाई डुबानमुक्त बनाउन महानगरले सुरु गरेको कार्य प्रशंसनीय रहेको उनीहरूको भनाइ छ । उनीहरूले विराटनगरका सबैजसो वडामा नाला सफा गर्नुपर्नेमा जोड दिएका छन् । विराटनगर–६ का स्थानीय भोला यादवले महानगरले वर्षायाम सुरु हुनु अगाडि नै नाला सफा गर्नु सकारात्मक भएको प्रतिक्रिया दिए । “विगतमा वर्षा सुरु भएपछि मात्रै नाला सफा गरिन्थ्यो, तर यसपटक वर्षा सुरु हुनुभन्दा अगाडि नै नाला सफा गर्न सुरु गरिएको छ,” उनले भने, “क्षति भइसकेपछि राहत र उद्धारमा जुट्नुभन्दा समस्या आउनै नदिनु उचित हुन्छ ।” 

गत वर्ष कात्तिक अन्तिम साता आएको बाढीले विराटनगरका अधिकांश क्षेत्र डुबानमा परेको थियो । त्यसभन्दा दुई वर्ष अघि पनि बाढी र डुबानका कारण विराटनगरका विभिन्न वडा डुबानमा परेको थियो । विशेष गरी केशलिया र सिंघियाको बाढी पस्दा विराटनगरका अधिकांश क्षेत्र डुबानमापर्ने गरेकोछ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.