Websoft University

निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल आजबाट सुरु


काठमाण्डौ जेठ ६ गते । रातो तारा डट कम, बैशाख ३० गते भएको स्थानीय तहको चुनावबाट निर्वाचित भएका जनप्रतिनिधिको ५ वर्षे कार्यकाल आजबाट सुरु हुँदैछ । २०७४ सालमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल गएरातिदेखि सकिएपछि नवनिर्वाचितहरूको कार्यकाल आजबाट सुरु हुन लागेको हो । निर्वाचित भएकाहरूमध्ये कतिपयले हिजो नै पद तथा गोपनियताको शपथ लिएका छन् भने कतिपयले आजै शपथको कार्यक्रम राखेका छन् । नेपालको संविधान र कानुनले स्थानीय तहमा जनप्रतिनिधिविहीनताको अवस्थाको परिकल्पना नगरेका कारण निर्वाचित भएकालाई आजैबाट कार्यभार सम्हाल्ने व्यवस्था गर्न सरोकारवाला निकायलाई आयोगले निर्देशन गरिसकेको जनाएको छ ।  

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.