Websoft University

धनगढीमा पनि मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी


काठमाण्डौ जेठ ८ गते । रातो तारा डट कम, कैलालीको धनगढी उपमहानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी हुनुभएको छ । उहाँले गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नृपबहादुर वडलाई पराजित गर्नुभएको हो । २६ हजार ८ सय ६५ मत लिएर हमाल विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसको तर्फबाट उम्मेदवारी दिनुभएका नृपबहादुर वडले १४ हजार ८ सय १७ मत पाउनुभयो । नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिनुभएका रणबहादुर चन्दले भने मेयरमा ९ हजार १ सय १५ मत पाउनुभयो । उपमेयरमा नेकपा एमालेका कन्दकला राना  १५ हजार ४ सय ७९ मत पाएर विजयी हुनुभएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.