Websoft University

अब तुवाचुङ नगरपालिकामा बालबालिकाको लागि निशूल्क स्वास्थ्थ विमा सुरु हुने

 


गाईघाट –१० जेष्ठ । रातो तारा डट कम,खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा निर्वाचित नगर प्रमुख विमला राईले शारीरिक रुपमा अशक्त , एकल नागरिक र अभिभावक विहिन बालबालिकाको लागि निशूल्क स्वास्थ्थ विमा कार्यक्रम शुरु गरेकीछिन् । कागे्रस बाट निर्वाचित मेयर राईले पदभार ग्रहण गरे लगतै त्यस्तो कार्यक्रम को शुरुवात गरेकी हुन । एकल महिला , पुरुष, विधवा, विधुर र्र खर्’ ग’ र ”घ’ वर्गको अपांगता भएका नागरिक तथा अभिभावक विहिन केटाकेटीको लागी नगरपालिका बाट निशूल्क स्वास्थ्थ विमा कार्यक्रम ल्याईएको मेयर राईले बाताईन् र्। मेरो चुनावी एजेण्डामा निशूल्क स्वास्थ्थ विमा कार्यक्रम राखेको थिए । त्यसैले निशूल्क स्वास्थ्थ विमा कार्यक्रम बाटै कामको सुरुवात गरेको छु ।’ उनले भनिन् । सोमवार शुरु गरीएको उक्त विमा कार्यक्रम अन्र्तगत नगरको वडा.न ३ च्यास्मीटार र्का ग’ बर्ग का अपांगता भएका रमला राई र वडा.न ८ धितुङका विधुर दर्जीमान परियार लाई निशूल्क स्वास्थ्थ विमाको कार्ड नगर प्रमुख राईले दिएकी थिईन् । एक पटक स्वास्थ्थ विमा गरेपछि बार्षिक कम्तीमा ३ हजार ५ सय रुपैया तिरेर विमा कार्ड नविकरण गर्ने व्यवस्था छ । नगरपालिकाले विमा गरीदिनेहरु को हकमा विमाको रकम नगरपालिकाले तिरीदिने व्यवस्था मिलाइएको छ । 

निशूल्क स्वास्थ्थ विमा कार्यक्रमको सुरुवात गर्देै मेयर विमला राई ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.