Websoft University

गैह्र कानूनी रूपमा मोटरपार्टसहरू फिटिङ गरी बिक्री गर्ने संचालक पक्राउ


बिराटनगर जेठ १० गते । रातो तारा डट कम, मोरङ विराटनगर महानगरपालिका वडा नं। ०६ स्थित सोही स्थान बस्ने बर्ष ३० को सेख अलतफले संचालन गरेको अमन ईलेक्ट्रिक एण्ड रिपेयरिङ सेन्टरमा भारतबाट अबैध रुपमा राजश्व छली, चोरी

पैठारी गरी राजश्व चुहावट गरी बिभिन्न किसिमका पानी तान्ने मोटर पाट्स, मेसिनरी पाट्सहरु ल्याइ फिटिङ गरी  गैर कानुनी रुपमा अन्य कम्पनीको स्टिकरहरु तथा वारेन्टी कार्ड समेत प्रयोग गरी लुकाई छिपाइ स्टोर गरी राखेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले निम्न किसिमका सामानहरू अन्दाजी मुल्य रू। ४,८५,०००।( ९चारलाख पचासीहजार० सहित निज सेख अलताफलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा बुझाईएको । 

निम्न:--स्टिल स्टिकर १०४ पिस 

 प्लाष्टिक स्टिकर ९२ पिस 

पानि तान्ने फिटिङ  मोटर ३२ पिस 

 क्यापासिटर ७ कार्टुन ३५० पिस 

आल्मुनियम बडी ७ बोरा 

फेन कभर ४ कार्टुन , एम्पेलर ३५० पिस 

 पम्प पार्टस र रोटर २९  बोरा 

प्लाष्टिक ह्यान्डिल १ बोरा 

स्टेटर १० बोरा 

 ब्यारिङ २ बोरा 

नट बल्टु १ बोरा  

 कार्टुन १ बोरा , म्याकनिकल सिल 

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.