Websoft University

कर्माछिरिङ शेर्पाले आफनो प्यानल सहित उम्मेदवारी घोषणा गरे


काठमाण्डौ जेठ १० गते । रातो तारा डट कम, अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्ष पदका लागि कर्माछिरिङ शेर्पाले पत्रकार सम्मेलन गरेरै आफनो प्यानल सहित उम्मेदवारी घोषणा गर्नुभएको छ । शेर्पाको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सरस्वती युथ क्लबका शिक्षित पराजुली, उपाध्यक्षमा दिर्घ बहादुर केसी (कुमार), रत्न कुमार श्रेष्ठ, उपेन्द्रमान सिंह र विज्ञानराज शर्माले उम्मेदवारी घोषणा गर्नुभएको छ । एन्फाको नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहेको छ । यसअघि एन्फका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ र फ्रेन्ड्स क्लबका राजीव पौडेलले पनि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसक्नुभएको छ । एन्फाको केन्द्रिय निर्वाचन असार ६ गते हुने भएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.