Websoft University

एमालेसँग के चाहन्छन् बूढीगंगाका मतदाता


विराटनगर । रातो तारा डट कम,  नेकपा एमालेले बूढीगंगा गापामा घरदैलो अभियानलाई तिब्र बनाएको छ । बूढीगंगा गाउँपालिकामा घरदैलो अभियानलाई तिब्र पारेको हो । 

नागरिकको अभिमतलाई सदुपयोग गर्दै आगामी दिनमा नागरिकको अपेक्षा अनुसारको काम गर्ने एमालेको दाबी छ । नेकपा एमालेको तर्फबाट बुढीगंगा गाउँपालिकाका अध्यक्षका उम्मेदवार बलभद्र सरदार र उपाध्यक्षकी उम्मेदवा तुलसीकुमारी कुवँर विष्ट सहितको टोली घरदैलोमा जाँदा जनताको यस अघिको जवनप्रतिनिधिले आशा  अपेक्षा अनुसाका काम नभएको गुनासो मतदाताले गरेका छन्  । ‘अधिकांश मतदाता यस अघिको जनप्रतिनिधि खुसी देखिएनन्, घरदैलोमा पुगेका सरदारले भने, नागरिकको आशा एमाले प्रति देखिएको छ।’ वडा नम्बर १, २, ६ र ७ मा घरदैलो  गरिसकेको उनले बताए ।

‘बिहीवार साँझसम्ममा हामीले दुई नम्बर वडाको घरदैलो सक्छौँ, उनले भने, भोलिदेखि वडाको ३ मा हाम्रो घरदैलो अभियान चल्नेछ ।’ वडा नम्बर  २ को गंगाचोक, बकबोन, बहुराहा, पटुवारी, मुस्लिम टोलमा नागरिकको उत्साह देखिएको  घरदैलोमा सहभागी  उपाध्यक्षकी उम्मेदवार तुलसीकुमारी विष्टले बताईन्  ।  घरदैलोमा सहभागी हुनका लागि नेकपा एमालेका नेता कार्यकर्ताहरु निरन्तर घर घरमा देखिएका छन् । 

एमालेका मोरङ ईन्चार्ज विनोद ढकालसहितको टोली पनि उम्मेदवारलाई हौसला प्रदान गर्न गाउँ गाउँमा पुगेका छन्  । नेकपा एमाले बुढिगंगा गाउँपालिका ईन्चार्ज रिता न्यौपानेले  नागरिकमा चुनावी उत्साह देखिएको बताईन्  । यसअघिको जनप्रतिनिधि प्रतिको नागरिकको बितृष्णाको कारण पनि मतदाताको उत्साह एमालेमा देखिएको उनले सुनाईन् । ‘हामी निरन्तर घरदैलोमा हाम्रा एजेण्डा बोकेर पुगेका छौँ, उनले भनिन्, हाम्रा प्रतिवद्धता पत्रमा सबैको साथ देखिन्छ ।’  हरेक दिन २ देखि ३ सय घरहरुमा दैनिक पुग्ने गरेको अभियानमा सहभागी नेताहरुले बताएका छन् ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.