Websoft University

अन्तरक्रिया कार्यम्रम सम्पन्न


बिराटनगर । रातो तारा डट कम,नेपाल बुद्धिजीवी परिषद मोरङले स्थानीय चुनावको सन्मुखमा किहीबार  एक अन्तरक्रिया कार्यम्रम सा्पन्न गरेको छ । 


स्थानीय निर्वाचनमा बुद्धिजीवीको भूमिका विषयक अन्तरक्रियामा नेकपा एमालेका केन्द्रीय सदस्य जीवन घिमिरेले निर्वाचनमा बुद्धिजीवीले आवश्यक सल्लाह सुझाव र मार्गदर्शन गरी जनताको पक्षमा काम गर्ने उम्मेदवारलाई जिताउन लाग्नु पर्ने बताउनु भयो । उहाँले अहिलेको स्थानीय तह विगतको जस्तो नभई अघिकार सम्पन्न राज्यको इकाइ भएकाले गम्भीर भएर लाग्न आग्रह गर्नु भयो ।

अर्का केन्दीय सदस्य तथा महानगर निर्वाचन परिचालन समपतिका संयोजक  विनोद ढकालले यश पटकको चुनावमा एमालेको पक्षमा जनमत बनेको र विराटनगरमा प्रमुख तथा उपप्रमुख सहित धेरै वडाहरूमन एमालेको विजय हुने सा्भावना बताउनु भयो । उहाँले बुद्धिजीवीहरूको भूमिका आलोचनात्मक हुनु स्वाभाविक हो भन्दै चुनावको बेलाए असल उम्मेदवारलाई  जिताउन भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

मेयर पदका प्रत्यासी सागर थापाले समृद्ध महानगर निर्माणका लागि घोषणापत्रमा व्यापक विषयहरू रहेको चर्चा गर्दै घोषणापत्रका विषय कनर्यान्वयनका लागि बुद्धिजीवीको सल्लाह र सुझाव लिएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

बुद्धिजीवी परिषद मोरङका अध्यक्ष सोम थापाको अध्यक्षतामा भएको कार्यक्रममा परिषदका केन्द्रीय सचिव यज्ञ शर्माले एमालेले विराटनगर निर्माणका लागि अगाडि सारेको घोषणापत्रका विषयबस्तुबारे चर्चा गर्नु भएको थियो भने केन्दीय उपाध्यक्ष राधा अधिकारी र पूर्व केन्द्रीय उपाध्यक्ष प्रा।डा। बद्री विशाल पोखरेलले निर्वाचनमा बुद्धिजीवीले निर्वाह गर्न सक्ने भूमिका र विषयबारे विचार व्यक्त गर्नु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.