Websoft University

नागेशसंगै घरदैलोमा मत माग्दै नेतृ संग्रौला


विराटनगर । रातो तारा डट कम,आसन्न स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकामा कांग्रेसबाट मेयरका उमेदवार नागेश कोइरालाको चुनावी अभियान जारी छ । 

घरदैलो सहितका प्रचार अभियानमा कांग्रेसका केन्द्रीय नेताहरु जोडिने क्रम पनि चलिरहेको छ । आज केन्द्रीय सदस्य डा। डिला संग्रौला विराटनगरमा संचालित चुनावी अभियानमा सक्रिय भएकी छन् । उनी कोइरालासंगै मतदाताका घरघर गई मत मागिरहेकी छन् । 

विराटनगर १२ मा संचालित घरदैलो कार्यक्रममा संग्रौलाले विराटनगरको विकासको लागि कांग्रेसका उमेदवारलाई विजयी गराउन मतदाता समक्ष अनुरोध गरिन् ।

सोही वडाको पंचमुखीाचोक हुँदै बखरीसम्म चुनावी रयालीसमेत आयोजना गरिएको थियो । विराटनगर ६ मा आयोजित सभामा पनि संग्रौलाले मेयरका उमेदवार कोइरालासंगै अभियानमा सहभागी भएकी छन् । स्थानीय कृष्णप्रसाद कोइरालाको घरमा स्थानीय मतदाताले कार्यक्रम आयोजना गरेका छन् ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.