Websoft University

प्रचण्ड र माधब नेपालाई कांग्रेसमा प्रवेश गरेर राजनीतिक गर्न सुझाब-वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,


श्याम राई÷उदयपुर  गाईघाट,२५ बैशाख। रातो तारा डट कम, 
नेकपा ( एमाले ) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रचण्ड र माधब नेपालाई कांग्रेसमा प्रवेश गरेर राजनीतिक गर्न सुझाब दिएकाछन् ।

प्रचण्ड जी र नेपालको सत्ता लिप्त र चाकडीले हद नाघि सकेको भन्दै उनले राष्ट्रिय राजनीतिमा अल्मल्याउने काम छाडेर तत्काल कांग्रेस पार्टीमा प्रवेश गर्न उनीहरुलाई आग्रह गरे । चुनावी सभालाई आईतबार गाईघाटमा सम्बोधन गर्दै पोखरेलले प्रचण्ड र नेपालको कारण नेपाली जनताले धेरै दुःख पाएको बताए । उनले स्थानीय तहको निर्वाचनमा एमालले ६० प्रतिशत भन्दा बढीमा विजयी हासिल गर्ने दाबी समेत गरे । एमालेलाई पत्ता साफ गर्न लागि परेको गठबन्धन दल आफै पत्ता साफ हुने भन्दै उनले मुलुकलाई समृद्ध बनाउनको लागि एमाले बाहेक अरु कुनै दल नभएको बताए ।

‘ मुलुकमा राजनीतिक स्थायित्व, आर्थिक विकास, सुशासन एमालेको नेतृत्व विना संभव छैन ।’ उनले भने । कांग्रेस, माओवादी केन्द्रले आर्थिक विकासको मार्गमा बाधा खडा गरेको उनले बताए ।

सभामा एमालेबाट त्रियुगा नगरपालिकाको मेयरमा उम्मेदबार भागवत राउतले आफले जिते नगर क्षेत्रका विद्यार्थीको लागि प्राविधिक शिक्षा आर्जन गर्न चाहे सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

‘डाक्टर, ईन्जिनियर, पाईलट लगायतका दक्ष जनशक्तिको अभाब छ । अब नगरपालिका बाटै पढ्न चाहाने विद्यार्थीहरुको लागि सहयोग गर्छु ।’ राउतले भने ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.